यी हुन् मायाँ-प्रेमको मामलामा सधैं सफल हुने ४ प्रकारका पुरुष : चाणक्य विद्या

काठमाडौँ – प्रेम हुनु र बिछोड हुनु सामान्य जस्तै हुन थालेको हिजोआज । गर्लफ्रेन्ड-ब्वाईफ्रेण्ड बन्नु दुई चार दिन घुम्नु त धेरै सामान्य नै हुने गरेको छ आजकल।

यो हुनुको कारण यसमा कुनै बाचा-बन्धन या समर्पणको भाव नहुनु नै हो । अहिले त विवाहजस्तो मजबूत सम्बन्ध पनि छिनमै टुट्ने घटना समेत अत्यधिक हुन थालेका छन्। जीवनभरको साथ दिने बाचा पनि छिनमै टुट्नु विडम्बनाको कुरा हो। आखिर यस्तो हुनुको कारण के हो ?

यसलाई एउटा पुरानो कथन या भनाइलाई पुष्टयाउँछ, ‘मानिस प्रेममा अन्धो हुन्छ ।’ मानिसले आकर्षणलाई प्रेम सम्झने कारण मानिस सही र गलतजस्ता कुरालाई ठम्याउन नसकी तत्काल आकर्षणयुक्त प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने तर विवाहका लागि आवश्यक पुर्वाधार नै बनाउन भ्याउदैनन्।

आचार्य चाणक्यले आफ्नो चाणक्य बिद्यामा यस्ता प्रकारका कुराहरु बताएका थिए, जसले सम्बन्ध टुट्नबाट बचाउँछ । र यस्ता चार प्रकारका पुरुषहरु सधै प्रेमको मामिलामा सफल हुने उल्लेख गरेका थिए ।

यस्ता छन ति चार पुरुष 

स्त्रीलाई सम्मान गर्ने पुरुष


यस्ता पुरुष जो सधैं स्त्रीलाई सम्मानको नजरबाट देख्छन् । प्रेमिका होउन् या पत्नी, यदि उनलाई सम्मान दिन्छन्, उनको महत्वलाई सम्झिन्छन् भने त्यस्ता पुरुषको सम्बन्ध कहिल्यै टुट्दैन ।

पराई स्त्रीलाई स्पर्श नगर्ने


यो गुण सबैभन्दा सर्वोपरी हो, जो पुरुष आफ्नी प्रेमिका या पत्नीको अलावा कुनै पनि अन्य स्त्रीलाई वासनाको नजरले हेर्दैनन्, कुनै पनि पराई स्त्रीप्रति आकर्षित हुँदैनन्, उनी आफ्नो सम्बन्धलाई जोगाउन हरेक अवस्थामा तयार हुन्छन् । र सक्षम पनि हुन्छन् ।

शारीरिक सुख


वैवाहिक सम्बन्धमा शारीरिक शुख र सन्तुष्टिको आवश्यकता पर्छ । यसप्रकार जो पुरुषले भौतिक र भावनात्मक सुखसँगै आफ्नो जीवनसाथीलाई शारीरिक सुख र सन्तुष्टि प्रदान गर्छन्, उनकी पत्नी तथा प्रेमिका सधैं प्रसन्न रहन्छिन् । जसले सम्बन्ध प्रगाढ रहन्छ ।

सुरक्षाको महसुस


जो पति या प्रेमी आफ्नो साथीलाई सुरक्षाको महसुस गराउँछन् उनीहरु प्रेमको मामलामा कहिल्यै हार्दैनन् । यस्तो पनि भनिन्छ कि, हरेक स्त्री आफ्नो पतिमा आफ्नो पिताको छायाँ देख्छिन् । यदि तपाई उनीसँग सुरक्षात्मक व्यवहार गर्नुहुन्छ भने उनी निश्चिन्त भएर तपाईको साथमा रहनेछिन् ।

प्रकाशित : बुधबार, साउन ०४, २०७४१२:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्यका यी ५ नीति अनुशरण गर्दा जीवनमा कतै असफल हुनै पर्दैन !