५२ बर्षियले गरे १ घण्टामा २६८२ पुसअप्स, बनाए बिश्व किर्तिमान

मानिसहरु अहिले स्वास्थ्यप्रती धेरै जागरुक हुन थालेका छन्। राम्रो स्वास्थ्यको लागि अहिले केहि मानिसहरु सचेत बन्दै गएका छ्न। त्यसैले स्वास्थ्यलाइ नै ध्यानमा राखी थुप्रैले व्यायाम गर्ने गरेका छन्। तर अस्ट्रेलियाका एक व्यक्तिले भने व्यायामको रौस जागी पुसअप गरेरै विश्व कीर्तिमान कायम गरिदिएका छन् ।

५२ वर्षका कार्टन विलियम्सले एक घण्टामा २६ सय ८२ पटक पुसअप गरेर दुनियामै सबैभन्दा धेरै पुसअप गर्ने मानिसको कीर्तिमान कायम गरी गिनिज बुक्स अफ वर्ल्ड रेकोर्डमा आफ्नो नाम दर्ता गराएका छन्। यसमा रोचक त के छ भने उनले आफ्नै किर्तिमानलाइ भंग गर्न सफल भएका हुन्।उनले सन् २०१५ मा एक घण्टामा २२ सय २० पटक पुसअप गरेर बिश्व कीर्तिमान बनाएका थिए।विलियम्स अस्ट्रेलियाको एक निर्माण कम्पनीका कर्मचारी हुन्। उनको यो कीर्तिमान कायम गरेसँगै उनका सामाजिक संजालमा र बाहिर फ्यानहरु ह्वात्तै बढेका छन्। उनको पुसअप्सको भिडियो सोसल मिडियामा लाखौँले हेरिसकेका छन्। भिडियोमा उनले लगातार पुसअप गरिरहेका छन् ।

उनि ५२ वर्षका भएपनि उनि लक्काजवान जसरि पुसअप्स गरिरहेका थिए र यो किर्तिमान कोहि लक्काजवानले पनि तोड्न सकेको छैन।

प्रकाशित : मङ्गलबार, साउन ०३, २०७४१३:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बगैंचामै यस्तो कर्ममा लिप्त थिए यी जोडी , प्रहरीले हेलिकप्टरबाट भिडियो खिचेपछि यस्तोसम्म भयो