यिनै हुन् ति व्यक्ति जो दिनहुँ ६ घण्टा हवाईजहाज चढेर अफिस जान्छन

एजेन्सी- तपाइँले पक्कैपनि दिनहुँ हजारौं मानिसहरु अफिस जानका लागि गाडी चढेको त देख्नुभएकै होला। तर तपाइँलाई यस्ता मानिस पनि छन् जो दिनहुँ हवाइजहाज चढेर अफिस जान्छन् भन्दा नपत्याउनुहोला।

तर अमेरिकाको लस एन्जेलेसमा बस्ने कर्ट वन बडिन्स्की नामक एक व्यक्ति दिनहु हवाइजहाज चढेर अफिस जाने गर्छन। पेशाले मेकानिकल इन्जिनियर रहेका कर्ट एउटा प्रविधि कम्पनीका को-फाउन्डर पनि हुन्। उनको अफिस सान फ्रांसिस्कोमा छ।

कर्टलाइ अफिस आउन र जान ६ घण्टा लाग्दछ। अफिस आउजाउ गर्नकै लागि उनले हवाई टिकटको भाडास्वरुप हरेक महिनामा लगभग साँढे दुई लाख खर्च गर्छन । उनले सिंगल इन्जिन टर्बोप्रोप हवाईजहाजको सुबिधा लिएका छन्। यस सुबिधामा उनले उक्त खर्चमै असीमित हवाई यात्रा गर्न पाउनेछन। जहाज चढ्नका लागि उनी घरबाट विमानस्थलसम्म गाडीमै जान्छन् । उनी हप्तामा पाँच दिन अफिस जान्छन्। उनलाई उडान सेवा लिनु पहिले कुनैपनि सामान्य सुरक्षा जांच गरिदैन।

कर्ट बिहान साँढे ५ बजे उठ्छन् र साँढे ८ मा अफिस पुग्दछन् । बेलुकी ५ बजे उनले बल्ल अफिसको काम सकाउँछन् अनि राती ९ बजे घर पुग्दछन्। आफु दिनहुँ लस एन्जल्सबाट हवाइजहाजमा चढेर सन फ्रान्सिस्कोको अफिसमा पुग्ने कुरा गर्दा सबै मानिस छक्क पर्ने गरेको उनी बताउँछिन् । तर उनलाई यसै गर्न लागेको उनि बताउँछन्।

 

प्रकाशित : सोमबार, साउन ०२, २०७४१४:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैज्ञानिकहरुले पत्ता लगाए कहिल्यै नमर्ने यस्तो जीव, यस्तो छ रहस्य (भिडियो सहित)