हालै चलिरहेको ट्याटु कन्भेन्सनमा देखिएका केहि भयानक तस्बिरहरु (फोटो फिचर्स)

अहिले दक्षिण अमेरिकी देश कोलम्बियामा ट्याटु कन्भेन्सन चलिरहेको छ। यस कन्भेन्सनमा विभिन्न ट्याटुप्रेमीहरुले आफ्नो जिउमा ट्याटु खोपेका थिए।
कोलम्बियाको एक शहर मेडलिनमा हाल चलिरहेको कन्भेन्सनको नाम एक्स्पो ट्याटु फियर हो। यो ८ औं ट्याटु कन्भेन्सन हो। यस कन्भेन्सनमा एक्स्ट्रीम बडी आर्टका केहि प्रसिद्ध आर्टिस्टहरु जुटेका थिए। एक जना ट्याटु आर्टिस्ट आफुले आफुलाई एन्जेल अफ डेथ भन्छन। उनि एक प्रसिद्द ट्याटु आर्टिस्ट हुन्। उनि ‘कोलम्बियन भ्यम्पाइर’का नामले पनि प्रसिद्द छन्। उनि प्रोफेसनल फ्रिक र बडी पिर्सर हुन्। यस्तै अर्का प्रोफेसनल आर्टिस्ट छन् कार्लोस डेहाक्विज। उनले आफ्नो आँखाभित्र पनि ट्याटु बनाउन छोडेनन्। उनको जिब्रो पनि ट्याटु छ। उनि आफै पनि भयानक देखिन्छन र उनि मानिसको शरीरको परिमार्जन गरि विभिन्न भयानक रुपहरु पनि बनाउने गर्छन।
उक्त ट्याटु कन्भेन्सनमा धेरै मानिसको आवतजावत रह्यो। धेरैले पुरै शरीरभरी ट्याटु पनि खोपाए। एक मानिसले आफ्नो जिब्रोलाई २ भागमा काटी सर्पको जस्तो जिब्रो बनाएका थिए। उक्त एक्स्पोमा विभिन्न ठाउँमा ट्याटु स्टेसन राखिएको छ जहाँ लोकल तथा इन्टरन्यास्नल ट्याटु क्रेजीहरुलाइ ट्याटु बनाउने सेवा दिइएको छ।

ट्याटु कन्भेन्सनका केहि झलकहरु:

 

 

प्रकाशित : सोमबार, साउन ०२, २०७४१२:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यिनै हुन् ति व्यक्ति जो दिनहुँ ६ घण्टा हवाईजहाज चढेर अफिस जान्छन