महिलाले आफुलाई टोक्ने सर्पलाई नै टोकेपछि…

एजेन्सी- भारतको बिहारको गोपालगंज नामक ठाउँमा एक अनौठो घटना भएको । त्यहाँ एक महिलालाई एउटा सर्पले टोकेको थियो र महिलाले पनि बदला लिन उक्त सर्पलाई टोकी दिईन ।

यसकारण दुवै महिला र सर्प बाँच्न सकेनन । उक्त महिलालाई सर्पले टोकेपछि अस्पताल लगिएपनि उनको ज्यान बच्न सकेन। वास्तबमा महिलालाई बिषयुक्त सर्पले काटेपछि त्यहाँ रहने बासिन्दाहरुले उक्त महिलालाई सर्पलाई पनि दाँतले टोक्न सल्लाह दिएका रहेछन। सल्लाहअनुसार नै महिलाले सर्पलाई धेरैचोटी आक्रमण गरिन। उक्त घटनाकी  पिडित ५० वर्षकी रजन्ति देबी श्यापुर नामक गाउँमा बस्थिन र उनको श्रीमान किसान हुन् जसको नाम नरेश हो। त्यहि गाउँको केहि बृद्दहरुले नै महिलालाइ उक्त सल्लाह दिएका हुन्।

यसमा रोचक कुरा त के छ भने महिलालाइ गाउँका मानिसहरुले नै महिलालाई टोक्ने सर्प खोजेर टोक्न भनेका हुन्। रजन्तिलाई टोकेको केहि क्षण पछिनै सर्प पनि मरेको हो। महिलाको शरीरको हालत बिग्रिदै गएपछि उनलाई अस्पताल लागिएको हो तर डाक्टरहरुले महिलालाई बचाउन भने सकेनन।

 

प्रकाशित : सोमबार, असार २६, २०७४१२:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् बाइकवाल जोगी जो कुकुरलाई गराऊँछन् बाईकमा धार्मिक यात्रा ?