रियल म्याड्रिडका प्रशिक्षक जिनेडिन जिदानका छोरा इन्जोले छाडे रियल म्याड्रिड

[sharethis-inline-buttons]
Leaderboard Banner

म्याड्रिड – रियल म्याड्रिडका हालका प्रशिक्षक जिनेडिन जिदानका जेठा छोरा इन्जो रियल म्याड्रिडमा थिए तर अहिले जिनेडिन जिदानका छोरा इन्जो जिदान रियल म्याड्रिड छाडेर ला लिगाकै अर्को क्लबमा आबद्ध भएका छन् ।

२२ वर्षीय मिडफिल्डर इन्जोले बिहिबार डीपोर्टीभो अल्भेससँग तीन वर्षे सम्झौता गरेको क्लबले जनाएको छ । रियल म्याड्रिडको दोस्रो टोली कास्टिलासँग ७८ खेल खेलेका इन्जोले ७ गोल गरे भने १५ गोलका लागि सहायता गरेका थिए । कोपा डेल रेमा रियलबाट तेस्रो डिभिजनको क्लब कल्टुरल लियोनेसासँगको डेब्युमा गोल गरेपछि इन्जोले रियलको पहिलो टोलीसँग अन्य खेल खेल्ने अवसर पाएनन् ।

क्लबको आधिकारिक वेबसाइटमा उनलाई स्वागत गर्दै यस्तो लेखिएको थियो “डीपोर्टीभो अल्भेस इन्जोलाई क्लबमा स्वागत गर्दै आउने सिजनका लागि उनलाई शुभकामना दिन चाहन्छ।“ डीपोर्टीभो अल्भेस पछिल्लो सिजन ला लिगामा नवौ स्थानमा रहेको थियो।

प्रकाशित : शुक्रबार, असार १६, २०७४१७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पारस खड्का र मेहबुब आलम सिंगापुरको क्लवबाट अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेल्ने