साबधान! फेसबुकमा यस्ता फोटोमा बिर्सेर पनि कमेन्ट नगर्नुहोस्, यस्ता छन् खतरा

एजेन्सी- फेसबुक यो दुनियाको मानिसहरुलाई जोड्ने एउटा सजिलो माध्यम हो र यो सामाजिक संजाल सहि तरीकाले प्रयोग गरेमा फाइदाजनक छ।

तर कहिलेकाही तपाईंको टाइमलाइनमा यस्तो फोटो तथा फीड्सहरु देखिन सक्छ जहाँ कोहि बिमारी मान्छे अथवा बच्चा देखाई तपाईलाई तस्बिरमा कम्मेन्ट गर्न आग्रह गर्छ। यदि तपाईको न्यूज़ फीडमा पनि यस्ता पोस्टहरु आउछन र तपाई कम्मेन्ट गर्नुहुन्छ भने यो पुरा पढ़नुहोस।

निकै मार्मिक देखिने यस्ता तस्बिरमार्फत् मानिसहरुलाई भावुक बनाएर तस्बिरमा लाइक वा कमेन्ट गर्न आग्रह गरिन्छ। कुनै कुनै फीड्समा त झन् धम्क्याउने पनि गरिन्छ। तर वास्तवमा यी सबै निकै ठूला ठगी धन्दाको हिस्सा हो । तपाईले तस्बिरलाई लाइक गर्दा त्यसमा देखाइएका बच्चाको रोग निको त हुँदैन तर तपाईको फेसबुकको सबै व्यक्तिगत जानकारी खतरामा पर्ने गर्दछ। वास्तबमा यस्ता फोटोहरुमा थुप्रै लिंकहरु अट्याच्ड हुन्छन जसले तपाइको थुप्रै व्यक्तिगत जानकारीहरु चोरिदिन्छन।

जति धेरै कम्मेन्ट आयो, फेसबुकले पनि त्यो फीडलाइ त्यतिनै महत्वपुर्ण मानी प्रमोट गर्छ र धेरै मानिसको निउज फीडमा आउने गर्छ।

प्रकाशित : शुक्रबार, असार १६, २०७४१५:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘वर्ल्डस् अगलिएस्ट डग कन्टेस्ट’मा सम्मिलित यी हुन् दुनियाँका कुरुप कुकुरहरु (फोटोफिचर)