स्कुलले दियो सुसाइड नोट लेखेर ल्याउने होमवोर्क

एजेन्सी- विद्यार्थीहरुलाई शिक्षकहरुले बधाई चिठी, श्रदान्जली चिठी, आदि कुराहरु होमवोर्कको रुपमा दिनु सामान्य हो। तर तपाईलाई एउटा बिद्यालयले सुसाइड नोट (आत्महत्या चिठी) लेख्ने होमवोर्क दियो भन्दा आश्चर्य मान्नुहोला।

तर यो सत्य घटना हो। बेलायतको एक स्कूलले होमवर्कमा आफ्ना विद्याथीलाई सूसाइड नोट लेखेर ल्याउने होमवोर्क दिएको छ। यसतो होमवोर्क दिएको कारणले विवाद निम्तियेपछी किटब्रूकस्थित थोमस ट्यालिस स्कूलले माफी मागेको छ । विद्यार्थीको जो समूहलाई सूसाइड नोट लेख्न भनिएको थियो, तीमध्ये केही यस्ता विद्यार्थी पनि समावेश थिए जसको साथीले आत्महत्या गरेका थिए । समूहमा समावेश एक विद्यार्थीकी आमाका अनुसार उनकी छोरीका तीन साथीहरुले आत्महत्या गरेका थिए र जब स्कूलले सूसाइड नोट लेख्ने होमवर्क दियो तब आफ्नो साथीलाई याद गरेर निकै दुखी भएकी थिइन् । आफूलाई यसबारे थाहा हुने बित्तिकै स्कूलमा यसबारे उजुरी दिएको उनले बताइन् ।

एक अन्य अभिभावकले भने, ‘जो शिक्षकले यस्तो गृहकार्य दिए उनले पुनः तालिम लिनुपर्ने देखिन्छ ।’ स्कूलका प्रधानाध्यापकले यो पूरा प्रकरणमाथि माफी मागेका छन् । उक्त पूरा घटनामाथि कारवाही गरिसकिएको जानकारी दिँदै यस्तो प्रकारको प्रोजेक्ट अब बच्चाहरुलाई नदिइने विश्वास पनि उनले दिलाए ।

प्रकाशित : मङ्गलबार, असार १३, २०७४१४:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुहागरातकै भोलिपल्ट आफ्नो श्रीमानलाई नामर्द भनेपछि यस्तो सम्म भयो…