फेसबुक पोस्टमा लाइक बढाउनकै लागि यी युवकले गरे आफ्नै छोरामाथि यस्तो हर्कत

एजेन्सी, सामाजिक संजाल फेसबुकको प्रयोग व्यापक रुपमा दुरुपयोग भैरहेको छ । अधिकांश फेसबुक प्रयोगकर्ताहरुले यसको सदुपयोग गरिरहेका छन् भने अधिकांशले दुरुपयोग गरिरहेका छन् । फेसबुकको सहि सदुपयोग गर्न नजान्दा अल्जेरियाको एक व्यक्तिले २ वर्ष जेल सजाय भोग्न बाध्य भएको छ । चर्चा कमाउनकै लागि केहि मानिसहरु जे पनि गर्न तयार हुन्छन् ।

यस्तै हर्कत गरेका छन् अल्जेरियास्थित एक बाबुले आफ्नै छोरामाथि, उनले १५ औँ तला अग्लो अपार्टमेन्टमा रहेको फ्ल्याटबाट आफ्नै छोरालाई हातले समाएर झुन्ड्याउदै लाइभ भिडियो देखाएका थिए। उनले फेसबुक लाइककै लागि यस्तो हर्कत गरेको बिबिसीले आफ्नो सामाग्रीमा उल्लेख गरेको छ। उनले फेसबुकमा तस्विर पोस्ट गर्दै क्याम्पसन लेखेका थिए ।, ‘ १००० लाइक्स नआए म यसलाई तल झारिदिन्छु’ भन्दै गरिएको लाइभले अहिले चर्चासँगै विबादमा पनि तानिएको छ ।

प्रकाशित : आइतबार, असार ११, २०७४१८:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२ बच्चाकी आमाको नाबालिकसंग प्रेम, बनाए सम्बन्ध र फेरी…