यी बालिकाको टाउको दुख्दा आँखा, नाक र कानबाट रगत बग्छ, आखिर किन हुन्छ त्यस्तो ?

एजेन्सी – थाइल्यान्डकी एक बालिकाको टाउको दुख्दा आँखा, नाक र कानबाट रगत बग्ने गरेको छ । सात वर्षीया पखामाद साङचाईमा यस्तो समस्या देखा परेको करिब ७ महिना भएको छ ।

चिकित्सकहरूलाई परीक्षण गराएको भए पनि के कारणले यस्तो समस्या आएको हो भन्ने पत्ता लग्न नसकेको विभिन्न संचार माध्यमहरुले उल्लेख गरेका छन्। चिकित्सकहरूले उनको समस्याको परीक्षण भैरहेको जनाएका छन् । उनीहरूका अनुसार यस्तो समस्या १ करोड व्यक्तिमध्ये १ जनामा हुन्छ । पखामादको समस्याको कारण थाहा नपाए पनि चिकित्सकहरूले उनको टाउको दुख्दा नसामा दबाब बढी भएर रगत बग्ने कुरा बताएका छन् ।

प्रकाशित : बिहिबार, असार ०८, २०७४१८:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सेक्सपछि पनि ‘भर्जिन’ बन्न यस्तो तरिका अपनाउने गर्छन् यहाँका युवतीहरु !