यस मन्दिरका मुर्तिहरु मान्छे जस्तै गर्छन् कुरा, वैज्ञानिकनै परे आश्चर्यचकित !

एजेन्सी – २१ औँ सताप्दीमा धेरैले बिज्ञानसम्वत् कुरा मात्र विश्वास गर्ने गरेको पाइन्छ तर विज्ञानले धर्म र यसका बारेका धेरै रहस्यहरुको खोज र अनुसन्धानबाटै थुप्रै आबिस्कार पनि गरिरहेको हुन्छ र धर्म नै बिज्ञानको सुरुवातको प्रेरक हो पनि भन्ने गरिन्छ। धर्म विज्ञान भन्दा पहिले देखिनै अस्तित्वमा रहेको विधा पनि हो।  विज्ञान र प्रविधिले हरेक दिन नयाँ नयाँ तथ्य पत्ता लगाईरहेको छ।

यसरी हेर्दा हरेक क्षेत्र र कुराहरुमा बिज्ञान धेरै अगाडी रहेको छ तर कोहि यस्ता धार्मिक रहस्य पनि रहेका छन् जहाँ बिज्ञान पछाडि पर्छ र विश्वास र रहस्यले मानिसलाई आश्चर्यमा पार्दछ।  यस्तै भारतको बिहारको  राज राजेश्वरी त्रिपुर सुन्दरी मन्दिर पनि बिज्ञानलाई चुनौती दिने रहस्य रहेको छ।  स्मरण रहोस यस मन्दिरमा जहाँ मुर्तिहरु पनि मानिसहरु जस्तै कुरा गर्छन। यो सुन्दा यस्तो लाग्छ मुर्तिहरु आपसमा कुरा गरिरहेका छन्।

समाचारहरुका अनुसार यस मन्दिरको सबै भन्दा अनैठो मान्यता यस्तो छ, की निस्तब्ध निशामा यहाँ स्थापित मुर्तिहरु बलेको आवाज आउने गर्छ। मध्य-रातमा जब यहाँबाट मानिसहरु हिड्ने गर्छन् तब यस ठाउँबाट आवाजहरु गुन्जिने गरेको आवाज गाउने गर्दछ। धेरै मानिसहरुले यो कुरा पहिले देखि भन्ने गर्दथे तर कोहिले भ्रम भएको बताउने गर्थे। अहिले  वैज्ञानिकहरुले पनि यो कुरा स्वीकारेका छन् की मन्दिर परिसरमा कोहि पनि नहुँदा पनि आवाज गुञ्जने गर्दछ। तन्त्र साधनाको लागि  के प्रसिद्ध बिहारको एउटा मात्र राज राजेश्वरी त्रिपुर सुन्दरी मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको हर मनोकामना पूरा हुने विश्वाश गरिन्छ।

वैज्ञानिहरुको अनुसन्धानका अनुसार, यहाँ  कोहि पनि नाभएको अवस्थामा पनि शब्दहरु गुञ्जिएको आवाज आउने गरिरहन्छ । वैज्ञानिकहरुले यो कुरा स्विकारी सकेका छन् की यहाँ केहि न केहि त अच्चमको कुरा रहेको छ। वैज्ञानिकहरु पनि यस कुरालाई लिएर अच्मिति भैरहेका छन्। यस मन्दिरको निर्माण भएको लगभग ४०० वर्ष पहले भएको थियो। यस मन्दिरमा कलश स्थापना गर्ने  चलन (विधान) रहेको छैन। तन्त्र साधनाबाट नै यहाँ  माता(भगवान्) को प्राण प्रतिष्ठा गरिएको छ।  तान्त्रिक कारणहरुबाट नै  यस ठाउँमा कलश स्थापना हुँदैन।

प्रकाशित : आइतबार, असार ०४, २०७४१५:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जीवन सुखद बनाउनको लागि तपाईंमा हुनैपर्ने ५ गुणहरु