यो कस्तो रहस्यमय ठाउँ , जहाँ चराचुरुङ्गीले आत्महत्या गर्छन्

एजेन्सी – चराचुरुङ्गीले आत्महत्या गर्छन् , भन्ने सुन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर भारतको दक्षिणी असमस्थित जतिंगा गाउँमा चराचुरुङ्गीले आत्महत्या गर्ने गर्छन् । विशेषगरी अक्टोबर देखि नोभेम्बर सम्म कृष्णपक्षको रातमा त्यहाँ अनौठो घटना हुन्छ ।

जातिंगा गाउँ असमको बोरेल पर्वतमा अवस्थित छ । यो निकै वर्षा हुने ठाउँ हो । ठूलो बर्षाको कारणले गर्दा चराचुरुङ्गीहरु उड्ने कोशिश गर्दागर्दै पनि गाह्रो भई भुइँमा खस्दछन् ।

यसरी गाउँमा प्राकृतिक प्रकोपका कारण वर्षेनी ठूलो संख्यामा चराचुरुंगीहरु मर्ने गर्दछन् । तर झ्वाट्ट हेर्दा चाहीँ आकाशमा उड्ने चराहरु आत्महत्या गरेर भुइँमा झरेका हुन् की भन्ने जस्तो देखिन्छ ।  वास्तबमा यो एउटा भ्रम मात्र हो ।

प्रकाशित : शुक्रबार, असार ०२, २०७४१५:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नो टाउकोमा बोतल अड्याउन सक्छन् यी ‘चुम्बक मानव’