कुकुरलाई लाग्यो फिल्म हेर्ने लत

फिल्म हेर्न सबैलाई मन पर्छ। फिल्म हेर्न मन नपराउने मान्छे सायदै होलान। तर यदि तपाईलाई कुकुरले फिल्म हेर्छ र अझै फिल्म हेर्ने लतमै फस्छ भन्दा तपाइँले पत्याउनु भएन होला। तर यो एक सत्य कुरा हो।

कुकुरको नाम भने खालिसी हो। यो कुकुर अमेरिकन बुल डग हो भन्ने बिस्वास गरिन्छ। यो कुकुर फिल्म हेर्ने लतमा फसेको छ। यस कुकुरलाई फिल्म ड्रग जस्तै बनेको छ किनभने यो कुकुर फिल्म हेर्न पाएन भने बौलाहा जस्तै हुन्छ। अझ बिचित्र कुरा त के छ भने यो कुकुर एक्लै बन्द कोठामा फिल्म हेर्न एकदमै रुचाउछ।

कुकुरका मालिक अनुसार यस कुकुरले १०० भन्दा बढी फिल्म हेरिसकेको छ। अझा रोचक त के भने यो कुकुरलाई हरर फिल्म अर्थात् भुतिया फिल्म मात्र मन पर्दछ। उक्त कुकुरले हरर फिल्मका खतरनाक दृश्यहरुमा भुकेर प्रतिक्रियाजनाउने गर्दछ । फिल्म हेरिरहेको बेला उसको प्रतिक्रिया कुनै मानिसको भन्दा कम हुदैन।

खालिसी जब फिल्ममा रहेको कुनै पात्र समस्यामा पर्छ तब उ पीडितको सहयोगका लागि भुक्ने गर्छ ।

प्रकाशित : बिहिबार, असार ०१, २०७४१२:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कसरी र कहिलेदेखि सेल्फी ट्रेण्ड सुरुवात भएको थियो ? जान्नुहोस