आजै देखि छोड्दिनुस् साङ्ला मार्न बरु अब कमाउनुस् साङ्ला बेचेर लाखौं !

काठमाडौं – हाम्रो घर तथा भान्सामा हुने साङ्लो (कर्कोज) मार्नकै लागि हामीले अनेकौं विषादी प्रयोग गर्ने गर्छौं । त्यो विषादीले हाम्रो स्थास्थ्यमा प्रतिकुल असर त पार्छ नै ती विषादी किन्न पैंसा पनि टन्नै खर्च हुन्छ ।

अब भने साङ्लो मार्नुभन्दा त्यसलाई बिक्री गरेर आम्दानी गर्ने विकल्पको समेत विकास भइसकेको छ । सुन्दा आश्चर्य लाग्ला तर उत्तरी छिमेकी राष्ट्र चीनमा साङलाको बिक्रीबाट मानिसहरु करोडपति भएका छन् । अहिले चीनमा साङ्लाको व्यवसायिक खेती समेत हुन्छ । चिनियाँ किसान झुउ होइ व्यवसायिक रुपमा साङ्लोको खेती गर्ने पहिलो चिनियाँ किसान मानिन्छन् । उनी सन् २०१३ देखि साङ्लाको खेतीमा संलग्न छन् । साङ्ला बिक्री गरेर उनले करोडौं कमाइसकेका छन् ।

अहिले उनले गरेको काम अन्य मानिसले पनि गर्न थालेका छन् । साङ्लोको खेती गर्दा धेरै मानिसहरुले उनलाई ‘पागल’ समेत भनेका थिए । तर त्यतिबेला उनलाई ‘पागल’ भन्नेहरु नै अहिले साङ्लोको व्यावसायिक खेतीमा लागेका छन् ।विभिन्न प्रकारका औषधी उत्पादनमा साङ्लोको प्रयोग हुने गरेको छ । साथै मानिसहरुले साङ्लोबाट बन्ने परिकार पनि विशेष रुचीका साथ खाने गर्छन् ।

यस्तै विशेष प्रकारको वाइन बनाउन पनि साङ्लोको प्रयोग हुने गरेको बताइन्छ ।                                       

प्रकाशित : शनिबार, जेठ २७, २०७४१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारकै दोस्रो सानो देश, जहाँ १ घण्टामै पैदलै पुरै देश घुम्न सकिन्छ