यी ५ ठाउँ जहाँ मान्छे मर्नै पाईदैन ! किन जान्नुहोस् ?

एजेन्सी – जन्मेपछि सबै एकदिन मर्नुपर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । तर संसारमा यस्ता आश्चर्यजनक ठाउँहरु पनि छन् , जहाँ मर्न मनाही छ । आज हामी तपाईंलाई मर्नको लागि प्रतिबन्ध लगाइएका केही यस्ता ठाउँहरुको बारेमा जानकारी दिन्छौं ।

१) इट्सुकुशिमा , जापान: इट्सुकुशिमाको टापुलाई शिन्तो धर्मावलम्बीहरुले एक पवित्र स्थान मान्छन् । यसै कारणले गर्दा यस तीर्थस्थलका पुजारीहरु यस ठाउँलाई प्रदुषण रहित बनाउन चाहन्छन् । सन् १५५५ मा मियाजीमा भएको युद्धपछि विजयी कमान्डरलाई पक्राउ गरेका सैनिकहरुको शवलाई त्यहाँबाट हटाईएको थियो । यसका साथै उनले त्यस मन्दिरमा सफा गर्न लगाई मन्दिरको वरिपरि जन्म वा मृत्युलाई प्रतिबन्ध लगाउने आदेश दिएका थिए ।

२) सेलिया , इटाली: इटालीको ‘सेलिया’ भन्ने ठाउँमा पाँच सय सैंतीस मानिसहरु बसोबास गर्छन् । १९६० औं दशकमा यो तीन गुणा थियो । र अहिले ६५ भन्दा बढि उमेरका ६० प्रतिशत मानिसहरु यहाँ बसोबास गर्छन् । यसैको परिणामस्वरुप सेलियाको कानुनले मध्यकालीन स्वादलाई विकसित गरेको छ । जनसांख्यिकीय संकटका कारण मेयर डेविड जिकचिनेलाले अध्यादेश ११ मा हस्ताक्षर गरे । यसले स्पष्ट रुपमा नगरपालिका भित्र बिरामी हुन मनाहीे गर्नुको साथै मर्न पनि निषेध गरेको छ । यस नियमलाई पालन नगर्ने मानिसलाई वर्षमा १० यूरो जरिवाना लाग्छ ।

३) लान्जरन , स्पेन: लान्जरनको एन्डालूसियन शहरमा मर्नको लागि निषेध गरिएको छ । यहाँ लगभग ४००० बासिन्दाहरु छन् । र जबसम्म सरकारले अर्को चिहानको लागि जग्गा खरिद गर्दैन , तबसम्म यीनीहरु सबै कानुनको अधिनमा बस्नुपर्ने हुन्छ ।

४) लङ्गिएरबेन, नर्वे: नर्वेको लङ्गिएरबेनमा मर्नको लागि निषेध गरिएको कारण अरुभन्दा निकै नै भिन्न छ । यहाँ मरेको शरीरलाई गल्न दिइदैंन । यस ठाउँमा तुषारोको कारणले शरीर नगल्ने हुँदा सड्नबाट बचाउन सकिन्छ । सन् १९१७ मा स्पेनिश इन्फ्लुएन्जा महामारीको भाईरसको जीवित नमूनालाई त्यहाँ गाडिएको लाशबाट निकालिएको थियो । मानिस गम्भिर रुपमा बिरामी भएमा वा मर्न लागेको अवस्थामा मानिसलाई नर्वेको अरु ठाउँमा लगिन्छ ।

५) सर्पोरेन्क्स , फ्रान्स: दक्षिणी फ्रान्सको तीन बस्तीहरुमा मृत्यु निषेध गरिएको छ । सन् २००८ मा सर्पोरेन्क्समा मृत्यु निषेधित क्षेत्रको रुपमा घोषणा गरिएको थियो ।

प्रकाशित : शुक्रबार, बैशाख २९, २०७४१७:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनौठो क्षमता भएका यी युवक,जो उल्टो बनेर ५० फुट अग्लो रुखमा चढे…