जंगली बाँदरले एक्कासी गाडी हाँकेपछि… भयो यस्तो ठूलो हंगामा !

एजेन्सी – भानिन्छ, मानिसका पुर्खा बाँदर हुन्। र ट्रेन्ड बाँदरले कार, मोटरसाईकल चलाएको त हामीले भिडियोहरुमा देखेकै छौं। तर कल्पना गर्नुस्,  एउटा जंगलमै बसले बाँदर मानवको नक्कल गर्दै गाडी चलाए के होला।

अहिले एउटा यस्तै बाँदरको तस्बिर इन्टरनेटमा भाईरल भएको छ। पार्किङमा राखेको एउटा गाडीमा जंगली बाँदरले एक्कासी गाडी गएर गाडी स्टार्ट गरि स्टियरिङ समाएर बाँदरले चलाएपछि त्यहाँ रहेका सबै हेरेको हेर्यै भए, यति मात्र हैन त्यहाँ केहीबेर हंगामामा भयो । यो घटना हो, भारतको उत्तर प्रदेशमा रहेको बरेलीको बस स्टेसनको  इन्जिनमा साँचो घुसाइराखेर ड्राइभर चाहिँ अर्को सिटमा निदाइरहेको रहेछ । त्यही बेलामा एउटा बाँदर आएर ड्राइभरको सिटमा बस्यो र साँचोले इन्जिन अन गरेर स्टियरिङ घुमाउन थाल्यो ।

स्टार्टको आवाज सुनेपछि ड्राइभरको आँखा खुल्यो । तर उसले सिटमा पुग्दासम्म बाँदरले गियर पनि बदल्न भ्यायो र बस अघि बढ्यो । अचानक बस चलेपछि स्टेसनमा उभिएका यात्रुमा खैलाबैला मच्चियो । तर पछि ड्राइभरले बाँदरलाई भगाएर गाडी नियन्त्रणमा लिन सफल भएका थिए ।

प्रकाशित : मङ्गलबार, बैशाख २६, २०७४१२:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कसैसँग प्रेम गर्नुभन्दा पहिले जान्नैपर्ने ४ कुराहरु… नत्र पछुताउनु पर्ला