हजुरआमा उमेरकी ६२ वर्षीया महिलासँग गरे यी बालकले बिहे ! आखिर किन गरे यसो यी बालकले जानुहोस्

एजेन्सी – प्रायः दुलाहा र दुलहीको उमेरमा केही महिना वा वर्षको फरक पर्नु स्वाभाविक हो । तर आठ वर्षको बच्चोले हजुरामा उमेरकी ६२ वर्षीया महिलासँग विवाह गरेर सबैलाई आश्चर्यमा पारेका छन् ।

घटना दक्षिण अफ्रिकाको हो । बैसट्ठी वर्षीया शाबानगूले आठ वर्षीय सानेले म्यासिलेलासँग विवाह गरिन् । श्वान नामक ठाउँमा यो अचम्मको विवाह सम्पन्न भएको थियो । प्राथमिक विद्यालयमा पढ्ने सेनेले र शाबानगूको बिहेमा करीब सय पाहुनाले भाग लिएका थिए ।
म्यासिलेलाकी आमा पेसेन्सलाई किन यस्तो बेमेल बिहे गराएको भनी सोध्दा उनले भनिन्, ‘म्यासिलेलाका हजुरबाले मर्नुअघि नातिको बिहे देख्नपाए हुन्थ्यो भन्नुभयो । उहाँकै इच्छा पूरा गर्न हामीले छोरोको बिहे गरिदियौं ।’

हजुरआमाको इच्छामुताबिक म्यासिलेलाको बिहे नगर्दा परिवारमा नराम्रो हुने पुजारीले बताएपछि यो विवाह गरिएको थियो । त्यसका लागि कोही नभेटिएपछि ६२ वर्षीया शाबानगू फेला परिन् । यो विवाह परम्परा निर्वाह गर्नका लागि मात्र भएको हो । यसको कुनै कानूनी आधार छैन ।

प्रकाशित : मङ्गलबार, बैशाख १२, २०७४१२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२५ वर्षदेखि घाँस खाएर बाँचिरहेका छन् यी ५० वर्षीया मानिस, किन खान थाले घाँस रहस्य झन् दर्दनाक