किन केटीहरु गलत व्यक्तिको प्रेममा फस्छन् ? केटिहरुले जान्नैपर्ने कुराहरु

एजेन्सी – गलत मानिसको साथ धेरै दिनसम्म टिक्न सक्दैन । के तपाईंले पनि गलत व्यक्तिलाई प्रेमीको रुपमा रोजेर पछुताउनु भएको छ ? प्रायजसो केटिहरुले गलत मानिससँग सम्बन्ध गाँस्ने गर्छन् । र आफ्नो अमूल्य समय त्यस ब्यक्तिसँग बिताएकोमा पछि पछुताउने गर्छन् ।

केटिहरुले जीवनसाथीको रुपमा असल केटालाई छान्न निकै नै जरुरी छ । केटीहरुले सहि व्यक्तिको छनोटको लागि जान्नैपर्ने कुराहरु निम्नानुसार छन् ।

१) सम्बन्धको उद्येश्यको बारेमा स्पष्ट नहुनु पनि गलत सम्बन्धको प्रमुख कारण हो । तपाईं कस्तो पार्टनरको खोजीमा हुनुहुन्छ , भन्ने कुराको बारेमा तपाईंलाई राम्रो ज्ञान हुनु आवश्यक छ । यसका साथै तपाईंले आफ्नो सम्बन्धको भविष्यको बारेमा अगाडि नै सोच्न जरुरी छ ।

२) तपाईंले आफ्नो बारेमा जानिराख्नु पनि निकै महत्वपूर्ण कुरा हो । अरुसँग सम्बन्धमा बस्नुभन्दा पहिला आफ्नो बारेमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । तपाईंले आफ्नो सम्बन्धलाई अरुकोे अगाडि खोल्न सक्नुहुन्छ , भने निकै नै राम्रो कुरा हो । तर आफ्नो सम्बन्धमा आउने समस्याहरुलाई समाधान गर्नसक्ने गुण तपाईंमा हुनु निकै नै जरुरी छ । यस्तो मानिसलाई छान्नुहोस् , जस्ले तपाईंसँग लामो समयसम्म साथ चाहन्छ ।

३) तपाईंले सधैं एउटै किसीमको गुण भएको मानिसलाई छान्नुहुन्छ , भने तपाईंले आफ्नो गल्तिलाई बारम्बार दोहोर्याई रहनुभएको छ । तपाईंले सहि व्यक्तिलाई छान्नको लागि आफूलाई परिवर्तन गर्न निकै नै जरुरी छ ।

४) के तपाईंले सधैं आफ्नो प्रेमीबाट अपमानित भएको महशुस गर्नुभएको छ ? यदि छ भने , तपाईंले सधैं त्यस्ता व्यक्तिको अपमानलाई सहन हुदैंन । तपाईं त्यसभन्दा सहि व्यक्तिको लागि योग्य हुनुहुन्न भन्ने सोच राख्नुहुन्छ भने यस विचारलाई सबैभन्दा पहिला बन्द गर्नुहोस् । र आफ्नो लागि सहि मानिसको छनोट गर्नुहोस् ।

५) तपाईं आफ्नो जीवनलाई एक्लै रमाउने कोशिश गर्नुहोस् । सधै नराम्रो व्यक्तिलाई छानेर पछि पछुताउनुपर्ने सम्बन्ध सकेसम्म नजोड्नुहोस् । सही मानिसको खोजीको लागि केहि समय तपाईंले कुर्नैपर्ने हुन्छ । जीवनमा सधैं सहि मानिसको छनोट गरी मात्र सम्बन्ध गाँस्नुहोस् ।

प्रकाशित : बिहिबार, बैशाख ०७, २०७४१२:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ लक्षणबाट थाहा हुन्छ, तपाईको प्रेमीले कति धेरै माया गर्छ वा गर्दैन भन्ने कुरा !