कुकुरले जन्माएर फोहोरमा फालिएको बच्चालाई बचाएर मानिसको जिम्मा लगायो

एजेन्सी – यसरी बच्चालाई जन्माएर फोहोर फ्याक्ने डस्टबिनमा फालिएको अवस्थामा एउटा कुकुरले बचाएको छ ।

भनिन्छ, कुकुर मानिसपछिको विबेकशिल प्राणी हो त्यसैले कुकुरले आँफु अप्ठ्यारोमा भएको बेला पनि निकै चलाखीले आफ्नो विबेक प्रयोग गर्ने गर्छ भन्ने कुरालाई फेरी एक पटक सिद्द गरिदिएको छ। ओमनको एक सडकमा कुकुरले जुन काम  गर्यो त्यसले कुकुर मानिस भन्दा पनि दया भएको प्राणी पनि भएको कुरा प्रष्ट भएको छ  ।

उक्त कुकुरले आफ्नो भोक मेटाउन सडकको  किनारामा राखिएको डस्टबिनमा खाना खोज्दा एक नवजात शिशु भेट्यो र उसले बच्चामाथि उदारता देखायो । भर्खरै जन्मिएको उक्त बच्चालाई जन्माएर आमाले डस्टबिनमा फालेर फरार भएको हुनसक्छ । तर खानाको खोजीमा रहेको कुकुरले मुखले च्यापेर नवजात शिशुलाई निकै सावधानीपूर्वकमुखमा च्यापेर सडकको किनारमा पुर्यायो ।

सडकको किनारामा रहेको एक घर बाहिर बच्चालाई राखेर निकै जोडसँग भुक्न थाल्यो । र मानिसहरु बाहिर आए । मानिसको हातमा सुरक्षीत बच्चालाई दिन चाहेको कुकुरले उक्त बच्चाप्रति देखाएको सहानुभुती निकै स्राहनिय छ ।

प्रकाशित : बुधबार, बैशाख ०६, २०७४१३:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन केटीहरु गलत व्यक्तिको प्रेममा फस्छन् ? केटिहरुले जान्नैपर्ने कुराहरु