महिला जो विवाह जोगाउन परपुरुषसँग सम्बन्ध राख्न बाध्य छन् 

बीबीसीः ब्रिटेनमा कतिपय अनलाइन सेवाले ’सम्बन्ध विच्छेद’ भएका मुसलमान महिलालाई ’हलाला’ भनिने इस्लामी विवाहमा सरिक हुन हजारौं पाउण्ड लिने गरेको बीबीसीको एक अनुसन्धानले पत्ता लगाएको छ । ती महिलाले आफ्ना पूर्व पतिसँग पुनः विवाह गर्नका निम्ति परपुरुषसँग विवाह गर्न, यौन सम्बन्ध राख्न र अनि पारपाचुके गर्न त्यसरी पैसा तिर्ने गर्छन् ।
’ट्रिपल तलाक’ भनिने उक्त प्रणाली अन्तर्गत केही मुसलमान समुदायमा पतिले तीनचोटि तलाक भन्ने बित्तिकै तत्काल विवाहको अन्त्य हुन्छ । अधिकांश मुसलमान देशमा यो प्रथा प्रतिबन्धित भए पनि अझै कायमै छ ।
ब्रिटेनमा कति महिलाको यसरी सम्बन्ध विच्छेद भएका छन् भन्ने आँकडा छैन । यो प्रथालाई ’ट्रिपल तलाक’ मान्ने थोरै मुसलमान समुदायले मान्ने गर्छन्।
उनीहरुको विश्वास छ, ’ट्रिपल तलाक’मार्फत सम्बन्ध तोडिएका जोडीलाई पुनः विवाह बन्धनमा बाँध्न हलाला एकमात्र उपाय हो । ’हलाला’ अन्तर्गत महिलाले परपुरुषसँग विवाह गर्नुपर्छ । सो विवाह निर्वाह समेत गर्नुपर्छ–अनि त्यस विवाहको सम्बन्ध विच्छेद भएपछि मात्र पहिलो पतिसँग पुनर्मिलन हुन सक्छ।
तर कतिपय घटनामा ’हलाला’ सेवा लिन चाहने महिलाहरु ठगी, ’ब्ल्याकमेल’ तथा यौन शोषणको जोखिममा पर्छन् । यो प्रथा अधिकांश मुसलमानले स्वीकार्दैनन्।
सम्बन्ध विच्छेदबारे मुसलमान समुदायका केही व्यक्तिको गलत बुझाइले यो प्रथा निम्तिएको ठानिन्छ ।
महिलाहरुलाई सम्बन्ध विच्छेदबारे नियमित सल्लाह सुझाव दिदैं आएको पूर्वी लण्डनस्थित इस्लामिक शरिया काउन्सिलले ’हलाला’ प्रथाको कडा निन्दा गरेको छ । “यो फर्जी विवाह हो। यो केवल पैसा कमाउने तथा शोषण गर्ने तरिका मात्र हो। यो प्रतिबन्धित छ। जस्तोसुकै अवस्थामा पनि हलालाको कुनै आवश्यकता छैन,“ उक्त काउन्सिलका खोला हसनले बताए ।

प्रकाशित : सोमबार, चैत २८, २०७३१५:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन् – पुरुषले महिलाको बारे जान्न मरिहत्ते गर्ने तर सोध्नै डराउने ५ गोप्य प्रश्नहरु…