यी हुन्, ३०० किलो तौल घटाएकी महिला ! यसरी घटाएकी थीइन् तौल यिनले

एजेन्सी – अमेरिकाको ट्रोटडेलकी २४ वर्षीय एम्वर रुस्दी अत्याधिक मोटी थिइन् । उनको तौल ३०० केजी भन्दा बढि पुगेको थियो । मनोवैज्ञानिक समस्याका कारण उनीे दिनभर खाइरहने मात्र गर्थिन् ।

आफ्नो दैनिक कामपनि गर्न सक्दिनथिन् उनी । उनलाई घरको ढोकाबाट छिर्न समेत गाह्रो हुन्थ्यो । कारण उनले घुम्ने तथा अन्य काम गर्नबाट बन्चित हुनु पर्यो । उनी जतिनै मोटी भएपनि एम्बरका बुवाआमा तथा प्रेमीले उनको साथ छोडेका थिएनन् । मोटोपनकै कारण उनले आफ्नो पढाई भने छोड्नु पर्यो ।

एम्वरले सन् २०१४ मा माई ६०० पाउण्ड नामक रियालीटि शोमा भाग लिएकी थिइन् । यस कार्यक्रममा भाग लिने बढि तौल भएका व्यक्तिले डाक्टर तथा विज्ञको सल्लाहले आफ्नो तौल घटाउने प्रयास गर्दछन् ।                                    

एम्बरलाई पनि ग्याष्ट्रिक वाइपासको माध्यमबाट उनको शरिरमा भएको अनावश्यक बोसो काटेर फाल्ने काम गरियो । जब उनी मुस्किलले डाक्टर कहा पुगिन्, सर्जरी गर्नुअघि उनले ३ महिनामा ९ केजी तौल घटाउने लक्ष्यका साथ अघि बढिन् । सर्जरीका सुरुका दिनमा उनलाई सहन गाह्रो हुन्थ्यो भने विस्तारै उक्त प्रक्रिया सामान्य अवस्थामा रह्यो ।

१२ महिना लामो यस प्रक्रियाबाट एम्वरले करिब १२१ तौल घटाइन् । हाल उनको तौल १७७ केजी छ। सबैकुराबाट बन्चित एम्वर आफ्नो तौल घटेसंगै उनी पुन सामान्य अवस्थामा फर्किएकी छिन् ।

प्रकाशित : आइतबार, चैत २७, २०७३१५:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिला जो विवाह जोगाउन परपुरुषसँग सम्बन्ध राख्न बाध्य छन्