अब अण्डा र गोलभेडाको बोक्राको प्रयोगबाट पनि टायर निर्माण हुने

एजेन्सी- सवारी साधनको टायरमा करीब ३० प्रतिशत कार्बन ब्ल्याकको प्रयोग गरिएको हुन्छ । यसै कारणले गर्दा टायरको रंग कालो हुन्छ । टायरको निर्माणमा पेट्रोलियमबाट उत्पादित पदार्थको प्रयोग गरिने हुँदा पेट्रोलियमको मूल्यअनुसार टायरको मूल्य पनि बृद्धि हुने हुन्छ । तर अब कार , बाइकको टायरमा ब्ल्याक कार्बन र पेट्रोलियम पदार्थको नभई गोलभेडा र अण्डाको बोक्राको प्रयोग गरी बनाउन सकिने एक अनुसन्धानबाट पत्ता लगाइएको छ ।

अमेरिकाको ओहियो स्टेट युनिभर्सिटिको शोधकर्ताहरुले यस खाद्यपदार्थको खोज गरेका छन् । पेट्रोलियमको उत्पादनबाट बनेको पदार्थको सट्टामा यसको प्रयोग गर्न सकिनेछ । शोधकर्ता कटरीना कर्निशले टायरको निर्माणको लागि गोलभेडा र अण्डाको बोक्राको प्रयोग गर्ने नयाँ तरिकालाई विकसित गरेका हुन् । उनका अनुसार नयाँ तरिकाबाट निर्माण गरिएको टायर अरुभन्दा टिकाउ हुन्छ ।

प्रकाशित : बुधबार, फागुन २५, २०७३१७:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५१ हजार सर्प समातेकी यी हुन एक साहसी महिला