अनौठो रेष्टुरेन्ट , जहाँ पाहुनालाई निवस्त्र शरीरमा पस्किएको खाना दिईन्छ

एजेन्सी – स्पेनमा एकदमै नौलो किसीमको रेष्टुरेन्ट खुुलेको छ । जहाँ मानिसहरु सबै नाङ्गै बसेर भोजन गर्छन् । अझ यो भन्दा रोचक कुरा के छ भने पाहुनाहरुले आफूलाई मनपर्ने पूरुष वा महिला वेटरको नाङ्गो शरीरमा पस्किएको खानेकुरा खान सक्छन् । यस रेष्टुरेन्टमा मुखै रसाउने विभिन्न खानेकुराका परिकारहरु पाईन्छन् ।

यस रेष्टुरेन्ट भित्र कुनैपनि क्यामेरा तथा स्मार्टफोन भने लान पाईंदैन । हरेक टेबलहरुलाई बाँसले छुट्याइएको हुन्छ , जस्ले गर्दा पाहुनाहरुले आफ्नो गोपनियतालाई कायम गर्न सक्छन् । यहाँका पाहुनाहरुले अलग्गै किसीमको वातावरणको अनुभुती गर्छन् ।

यस रेष्टुरेन्ट भित्र पस्नासाथ पाहुनाले लगाएको कपडालाई फुकाली स्नानवस्त्र लगाउनुपर्ने हुन्छ । यसपश्चात भोजन स्थानमा पुगेपछि उनीहरु निवस्त्र भई नाङ्गो शरीरमा पस्किएको खानालाई खाने गर्छन् । भोजनपछि पाहुनालाई ह्याप्पी इण्डिंग डेजर्टमा लगिन्छ । यहाँको विशेषता त झनै रोचक किसीमको छ । पग्लिएको चकलेट ससमा निवस्त्र मोडेलहरुको शरीर उपलब्ध हुन्छ । जहाँ पाहुनाहरुले स्ट्रबेरी चोपेर खान सक्ने ब्यवस्था गरिएको छ ।

प्रकाशित : बुधबार, फागुन २५, २०७३१२:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब अण्डा र गोलभेडाको बोक्राको प्रयोगबाट पनि टायर निर्माण हुने