कस्तो अचम्म ! जिउँदो सर्पको रगत पिउने र मासु खाने गर्छन् यहाँका मानिसहरु

एजेन्सी – तपाईंले सर्पले टोकेर मानिसको मृत्युु भएको खबर त धेरै नै सुन्नुभएको होला । तर मानिसले सर्पको रगत पिएको वा मासु खाएकोे खबर कहिल्यै सुन्नुभएको छ ? दक्षिणपूर्वी एसियामा अवस्थित राष्ट्र भियतनामको राजधानी हनोईमा मानिसहरुले सर्पको रगत पिउने गर्छन् । यहाँका मानिसहरुले सर्पको मासु वा रगत पिउनाले पुरुषार्थ बढ्ने कुरालाई मान्दछन् । यसै कारणले गर्दा हनोईका रेष्टुरेन्टहरुमा अजिङ्गरदेखी विषालु सर्पको मासु सजिलै पाईन्छ ।

सर्पको रगत पिउने कुरा गर्नुपर्दा सबैभन्दा पहिला उसको टाउकोलाई काटेर अलग राखिन्छ । यसबाट सर्पको शरीरमा विष रहदैंन । टाउको काटिसकेपछि तुरुन्तै सर्पको रगत पिईन्छ । यस अवस्थामा पनि सर्प बाँचिरहेको हुन्छ । र बाँचुञ्जेल सर्पको रगत खराब हुदैंन भन्ने भनाई छ । रगत पिईसकेपछि मानिसले यस सर्पको मासुको स्वाद लिने गर्छन ।

प्रकाशित : आइतबार, फागुन २२, २०७३१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

६९ औं बच्चा जन्माए लगत्तै ४० वर्षको उमेरमा मृत्यु हुने एक महिला