गुलाफको नभई १०,००० का नोटले बनेको पुष्पगुच्छा दिएर प्रेमिकालाई प्रपोज

एजेन्सी – मानिसहरु प्रेमिकाको मन जित्नको लागि विभिन्न किसीमका उपायलाई अपनाउने गर्छन् । प्रायजसो युवकहरुले हातमा गुलाफको फूल लिएर आफ्नी प्रेमिकालाई प्रेमप्रस्ताव राख्ने गर्छन् । युवकहरु आफ्नी प्रेमिकाको खुशीका लागि जे गर्न पनि तयार हुन्छन् ।

चीनका एक युवकले आफ्नी प्रेमिकालाई अनौठो किसीमले प्रेमप्रस्ताव राखेका छन् । उनले प्रेमिकालाई फूलको गुच्छा नभई १० हजार नोटको गुच्छा बनाएर दिएका छन् ।

ती युवक सबैभन्दा पहिला १० हजार युआनको नोट लिएर फूलको गुच्छा बनाउने पसलमा पुगे । र त्यहाँ गएर उनले नोटको पुष्पगुच्छा बनाउन लगाए । त्यसपछि यस फूलको गुच्छालाई हातमा लिएर प्रेमिकालाई प्रपोज गरे ।

यसबाट सबैजना आश्चर्यचकित भए । र उक्त फोटोलाई चिनीयाँ सोसल मिडियाले शेयर गरे । जुन फोटो अहिले निकै भाइरल बनेको छ ।

प्रकाशित : बुधबार, फागुन १८, २०७३१२:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५५ फिट लामो कपाल भएकी एक महिला जसले गरिन संसारकै सबैभन्दा लामो कपाल भएको दाबि