काट्दै गरेको लाशको बिचमा स्वादिष्ट भोजनको मज्जा लिन्छन यहाँका मानिसहरु

एजेन्सी – संसारमा मानिसहरुको बिचित्र किसिमका रुचि तथा चाहनाहरु हुने गर्दछ । बेलायतको एनाटोमी लैबमा मानिसहरुलाई  डिनर गर्नको लागि अफर दिइएको छ । तर यहाँ खाना खानको लागि मुटु बलियो हुनु धेरै जरुरी छ । किनकि यहाँ खाना खाँदै गरेको आवस्थामा मरेको शरीरलाई काटिन्छ , जुन दृश्य तपाइंको आँखा आगाडी हुन्छ।

एनाटोमी लैब लाइवमा काम गर्ने ‘सैम पीरीले’ एकदमै नौलो अनुभवको लागि यस डिनरको शुरुवात गरेका हुन् । यहाँ तपाईंले खानको लागि विभिन्न स्वादिष्ट परिकारहरु पाउन सक्नुहुन्छ । यसका साथै यहाँ वाइनको पनि राम्रो ब्यवस्था छ । तर तपाइले जब स्वादिष्ट भोजनको मज्जा लिदैं हुनुहुनेछ , त्यसै समयमा नै तपाइंको अगाडी मृत शरीरलाई काटीनेछ । यहि नै यहाँको विशेषता हो । मृत शरीरलाई काटिरहेको समयमा नै तपाईले खानुपर्ने हुन्छ । काटिरहेको लाशको बिचमा नै तपाइंले डिनर गर्नुपर्ने हुन्छ । यद्यपि मानिसहरुले यसलाई धेरै मनपराएका छन् । र बेलायतमा यो भोजन गर्ने शैली निकै प्रख्यात बन्दै गएको छ । मानिसहरुले यसको टिकेट एडभान्स मै बुक गर्न थालेका छन् ।

तर यसको वास्तविकता भने अर्कै छ । मृत शरीर साँचीकैको नभई प्लास्टिकबाट बनेको कृतिम मानव शरीर हो । जसको भित्र सुँगुरको शरीरको अंग भरिएको हुन्छ । र  मानिसहरुले खाने समयमा यसैलाई काटिन्छ ।

प्रकाशित : बिहिबार, फागुन १२, २०७३१४:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२४ घन्टाभित्र २७ पटक हृदयघात हुँदा पनि जीवित