संसारको यस्तो अनौठो गाउँ जहाँ मानिसहरु अहिलेको युगमा पनि नाङगै बस्छन

एजेन्सी – संसारमा सबै देशको आ–आफ्नै परम्परा ,सँस्कृति तथा मूल्य र मान्यता हुन्छ । त्यसैगरी भेषभुषा तथा रहनसहन पनि देशैपिच्छे फरक हुने गर्दछ । बेलायत जस्तो विकसित देशमा पनि यस्तो एउटा विचित्रको गाउँ छ । जहाँको संस्कृति अरुभन्दा धेरै नै भिन्न छ । यहाँका मानिसहरु ८५ वर्ष अगाडि देखि नाङ्गै बस्दै आईरहेका छन् । हामीलाई अहिलेको युगमा बेलायत जस्तो विकसित देशमा यस्तो गाउँ छ भन्दा विश्वास नलाग्न सक्छ । तर वास्तविकतालाई कसैले पनि टार्न सक्दैन ।

हर्टफोर्डशायरस्थित ब्रिकेटवुड नजिकै रहेको यस गाउँको नाम स्पीलप्लाट्ज हो । यसको खोजी सन् १९२९ मा इसुल्ट रिचर्डसन नाम गरेका व्यक्तिले गरेका थिए । यस गाउँमा जम्मा ५५ घर छन् । यस गाउँमा मानिसहरुको खानपीन , स्विमिङग पुल आदि सबैको राम्रो व्यवस्था भएको पाईन्छ । यति मात्र नभई यहाँ धेरै सँख्यामा पर्यटकहरु आउने गर्दछन् । तर उनीहरुले यस गाउँमा बसोबास गर्नको लागि घर भाँडामा लिनुपर्ने हुन्छ । र विशेष कुरा के छ भने , यहाँ आउने पर्यटकहरुले पनि कपडा नलाईकनै बस्नुपर्ने नियम छ । तर पर्यटकहरुलाई जाडो भएमा वा कपडा लगाउने इच्छा भएमा भने कपडा लगाउन दिइन्छ ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७३१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेसबुकमा डोजर आतंक