राजनीतिक हस्तक्षेप कहिलेसम्म !!

बिद्यमान कानुन, परम्परा तथा सांगठनिक मूल्य र मान्यता अनुसार सहज ढंगबाट बरियताक्रमका पहिलो व्यक्ति डीआईजी नवलराज सिलवाललाई प्रहरी महानिरीक्षकको नियुक्ति हुनबाट बञ्चित गरी आईतबारको मन्त्रीपरिषदको बैठकले बरियताक्रमको तेस्रो स्थानमा रहेका डीआईजी जय बहादुर चन्दलाई नियुक्ती गर्नु सायदै सत्य,सेवा शुरक्षा को मूलमन्त्र जपेर अहोरात्र कर्तव्यपथमा जुट्नुपर्ने ईमान्दार र कर्तव्यनिष्ठ प्रहरीहरुको पक्षमा देखिदैन् ।

जसले गर्दा मुलुकको शान्ती शुरक्षाको जिम्मेबारी लिएको शुरक्षा निकायको भावि नेतृत्व अझै केही समय नेतृत्वदायी टुङ्गो नलाग्ने र जसको असर समग्र संगठनमा रहने देखिन्छ । कसलाई आईजिपि बनाउने भन्ने बिषयलाई लिएर प्रधानमन्त्री, गृहमन्त्री देखि लिएर सत्ता साझेदार नेपाली काँग्रेसका नेतासम्म दलीय भागबण्डा र राजनीतिको फोहेरी खेलमा मुछिएका छन्

। नेपाल प्रहरीमा राजनीतिकरण यो मात्रै नौलो कुरा होईन बिगतमा भएका कमी कमजोरी र राजाीतिक स्वार्थमा भएका घटनाक्रम बाट पाठ सिक्नु जरुरी छ । सायद सरकारले प्रहरीमाथिको बरियताक्रमानुसार प्रहरी महानिरीक्षक नियुक्ती गरेको भए डीआईजी नवलराज सिलवाल न्यायको लागी सर्बोच्च अदालतको गुहार गर्नु पर्ने थिएन ।

प्रहरी जस्तो निकायमा राजनीतिकरण हुनु बिडम्बनाको कुरा हो । यस किसिमको सरकारको बिभेदकारी दलिय स्वार्थपूर्ण र भागबण्डाको निर्णय तत्काल फिर्ता गरी बरियता क्रमानुसारकै व्यक्ति प्रहरी प्रमुखमा नियुक्ति भएको आम नेपालीले देख्न पाँउ ।

प्रकाश भण्डारी “बिबेक”
गैँडाकोट न.पा २ नवलपरासी

प्रकाशित : बुधबार, फागुन ०४, २०७३१२:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्थानीय तहका कर्मचारी काममा फर्किने कहिले ?