हिमाल,पहाड र तराईको समष्टिगत भूगोलनै नेपालको पहिचान, खोइ चिनेको नेपाल ?

दीपकिरण खड्का (लेखक)
समुन्द्री सतहबाट धनुषाको ५९ मि देखि ८८४८ मि को सगरमाथासम्म फैलिएको नेपालको भुगोल बिश्वकै अनुपम भगौलिक विशिष्टता हो।

क्षेत्रफलको हिसाबले विश्वको ९२ औं स्थान नेपालको पर्दछ। विश्वमान चित्रमा गहुँको गेडा देखिएता पनि वास्तविक परिचय फरक छ र एउटा अलग पहिचान बोकेको राष्ट्र हो। प्राकृतिक र सांस्कृतिक बिबिधता भएको प्राचिनितम देशको सिनारियो बोकेको यो देश हिमाली भुस्वर्ग भन्दा अतियुक्ति नहोला। हिमाली भुस्वर्ग देश नेपाललाई एशियाको `चौतारी´ पनि भनिदै आइएको छ र प्राकृतिक तबरले नेपाललाई ‘प्राकृतिक बगैचा’ त्यसै कथन गरिएको होइन। प्राकृतिक तबरले मात्र नभई नेपाल सांस्कृतिक र धार्मिक दृष्टिकोणले पनि नेपालको पहिचान अदभुत छ र विश्व आकर्षणको केन्द्र बन्न पुगेकेको छ।  तल उलेखित नेपालले प्राकृतिक र

संस्कृतिक अभिलेख:

१. नेपालले विश्वको ०.०१%, एशियाको ०.१% र दक्षिण एशियाको ३.३१% भूभाग ओगट्दछ तर जैविक बिबिधताको दृष्टिकोणले विश्वको २५ औं र एशियाको ११ औं स्थानमा पर्दछ  र यही महत्ताको कारणले पनि नेपाललाई “बायोलोजिकल  क्रसरोड अफ एशिया” भनिन्छ।

२. नेपालमा ७६०० मि भन्दा माथिका ३१ ओटा र ६००० मि  भन्दा माथिका ११६६ ओटा हिमशिखर छन् र ति मध्ये पनि ८००० मि माथिका विश्वको १४ ओटा अग्लो हिमशिखर मध्ये नेपालमा ८ ओटा छन्।

३. नेपालमा ११ थरिका जैविक जलबायु बिबिधता , ३५ प्रकारको बन, ७५ प्रकारको बानस्पतिक समूह र ११७ प्रकारको पारिस्थितिक प्रणाली छन् जस्मा सामुन्द्रीक र मरुभूमि पर्दैनन् यधपी चिसो मरुभूमिको रुपमा  मुस्ताङको मरुभूमिलाई मानिदै आइएको छ।

४. शालिग्राम,जसलाई हिन्दुहरु बिष्णु भगवानको प्रतिक मानेर पुज्ने गर्छन, पाइने बिश्वको एक मात्र नदि कालिगण्डकी हो,सुन्दा अच्चम लाग्न सक्छ तर यो नदि हिमालय भन्दा पनि पुरानो हो।

५ . नेपालमा ५९८० प्रजतिको फूल फुल्ने बनस्पतिहरु पाइन्छन जुन विश्वकै २.४% हो र ति मध्ये पनि २५० प्रजातिको फूल फुल्ने प्रजाति नेपालमा मात्रै पाइन्छ।

६ . नेपालमा ३२ प्रजातिको गुराँस पाइन्छ जुन विश्वमा पाइने गुराँसको ६% हो । नेपालको तीनजुरे,जलजले र मिल्के (टिएमजे) क्षेत्रको संगमस्थल एकै ठाउँमा २८ प्रजातिको गुराँस पाइन्छ जुन विश्वको एक मात्र ठाउं हो । त्यति मात्र नभई यहाँ  विश्वकै सानो र ठुलो प्रजातिको गुराँस पनि एकै स्थानमा पाइन्छ।

७. विश्वको ३६% मेकोनोप्सिस प्रजातिको पपि नेपालमा पाइन्छ। ति मध्ये पनि ४ प्रजातिको पपि त नेपालमा मात्र पाइन्छ।नेपालमा पाइने ब्लु पपि  ५४०० मि को उचाईमा पाइन्छ जुन विश्वकै उच्च स्थानमा पाइने पपि हो।

८. नेपालमा २१७ प्रजातिको माछा पाइन्छ्न ति मध्ये पनि नेपालका ५ स्थानीय माछा अन्यत्र कहीं पाइदैन जो साइजोथोराक्स प्रजाती अन्तर्गत पर्दछ्न।

९. अष्ट्रीयाको राष्ट्रिय फूल एडेलविस (Edelwiess ) हो। अष्ट्रीयाको  जङ्गलबाट यो फूल सम्भवत:लुप्त प्राय:जस्तै भइसकेको छ  तर नेपालको लाङटाङ  उपत्यकामा यो फूल प्रशस्तै पाइएको छ। १०.विश्वकै सर्बोच्च स्थानमा धन खेति जुम्ला को पतरासि गा.बि.स.को घुम्चौरमा गरिन्छ। जुम्ली मार्शी भन्ने सो धान खेति गरिने सो जग्गालाई जिउलो भनिन्छ  । ४० हेक्टरमा गरिने सो धानको चामल रातो हुन्छ।

१०. विश्वमा पाइने १४०० जडिबुटी मध्ये नेपालमा ७५० जडिबुटी पाइन्छन् ति मध्ये पनि १३ प्रकारको जडिबुटी नेपालमा मात्र पाइन्छ। १२.नेपालमा ६४५ प्रजातिको पुतली पाइन्छ जुन विश्वमा पाइने पुतलीको ४.२ % हो,ति मध्ये पनि ८ प्रकारको पुतली नेपालमा मात्र पाइन्छ। १३.संसारकै सबैभन्दा ठुलो बार्‍हसिंहको झुण्ड नेपालको शुक्लाफांटा बन्यजन्तु आराक्षमा भेटइन्छ।१००० औं को संख्याको झुण्डमा भेटिने सो जनावर को सख्या नेपालमा २५०० को हाराहारीमा छ।

११. नेपालमा ८७२ प्रजातिको चराचुरुङ्गि पाइन्छन् जुन विश्वमा पाइने चराको ८.५% हो।चरा अबलोकनको हिसाबले कोशी टप्पु बन्यजन्तु आरक्ष एशियाकै उत्कृष्ट मानिन्छ। १५.७० को दशकमा नेपालमा जम्माजम्मी ८० ओटा गैंडा थिए तर आजको आबस्थामा आइपुग्दा हामी संग झन्डै ५३४ गैंडा छन् जुन विश्व बन्यजन्तु संरक्षण को उत्कृष्ट नमुना हो। घाडियाल गोहीको विश्वको एक मात्र प्राकृतिक प्रजनन केन्द्र नेपालको चितवन रा.नि.मा रहेको छ। त्यती मात्र नभई बाघ र गैंडा जस्ता लोपुन्मुख जनावर संरक्षणमा नेपालले पुर्याएको  योगदान अतुलनिय छ।

१२ . चितवन रा.नि. मा रहेको सालको जङ्गललाई विश्वकै उत्कृस्ट सालको जङ्गल मानिन्छ र त्यहाँ रहेको अग्ला घाँसले विश्वकै उग्लो हो भनेर पनि रेकर्ड राखेको छ । यी माथि प्रस्तुत गरिएका केहि प्राकृतिक पहिचान मात्र हुन् तर नेपाललाई बायोडाइभर्सीटी हब बनाउन अग्रसर हुने हो भने नेपाल विश्वको चौतारी बन्न सक्छ।

हिमाल,पहाड र तराईको समष्टिगत भूगोल नै नेपालको पहिचान हो।

यहाँका प्राकृतिक उच्चतम विश्वकै अनुपम उदाहरण मात्र हुन् जुन विश्वको बिरलै मुलुकमा पाइन्छ। खाली यो देशमा डाक्टर,इन्जिनियर मात्र होइन अब बायोडाइभर्सीटि, जेनेटिक इन्जिनियरजस्ता विषयका लागि पनि नेपालले दुरगामी योजना सहित अघि बढनैपर्छ। समय ढिला भैसकेको छ तर अब पनि बेलैमा नसोच्ने र कर्म नगर्ने हो भने बोटमा फलेको फल बोटमै कुहेर खेरमात्रै जानेछन्। चेतना भया!!

प्रकाशित : आइतबार, माघ ०२, २०७३१९:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“बिदेश अनि छुट्टीको दुई दिन”