यी हुन् बिश्वकै १० जँड्याहा देशहरु !

काठमाडौं, २९ पुस – विश्व स्वास्थ्य संगठनको तथ्यांक लिएर भाउचरक्लाउडले आफ्नै सर्वेक्षणमा आधारित रही संसारका सबभन्दा बढी जँड्याहा देशको सूची सार्वजनिक गरेको छ ।

सन् २०१० देखि २०१५ सम्मका सर्वेक्षणका परिणामलाई संकलन गरेर भाउचरक्लाउडले सूची सार्वजनिक गरेको हो ।युरोपेली मुलुक मोल्दोभा जँड्याहाको सूचीमा प्रथम स्थानमा छ । त्यहाँका मान्छेले एक वर्षमा १७.४ लिटर रक्सी पिउँछन् । त्यो भनेको दिनको दुई बोतल रक्सी हो ।

मोल्दोभालीहरू सुंगुरको मासु पनि बेस्सरी खान्छन् । मोल्दोभापछि बेलारुस, लिथुआनिया, रुस, चेक गणतन्त्र, युक्रेन, अन्डोरा, रोमानिया, सर्बिया र अस्ट्रेलिया टप टेन जँड्याहा देश हुन् । बेलायत १७औं, फ्रान्स २०औं र अमेरिका ४९औं स्थानमा छन् ।

मुसलमानी देश पाकिस्तान, कुवेत तथा उत्तर अफ्रिका अनि पश्चिम एसियाका देशमा मदिरामा प्रतिबन्ध लगाइएकाले त्यहाँ जाँडको कम खपत हुन्छ ।

प्रकाशित : शुक्रबार, पुष २९, २०७३१३:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बरु ज्यान जाला तर, महिलाले कहिल्लै भन्दैनन् आफ्ना यी रहस्य…