यी युवालाई ‘सेक्स अफर’ को ओइरो, ४ दिनमै ५० बढी महिलाको म्यासेज: यसको कारण यस्तो छ

एजेन्सी – एक पुरुषलाई जब केही दिनमै ५० बढी महिलाले सहवासका लागि प्रस्ताव गरिन भने ती पुरुषको हालत के होला ? यस्तै अवस्था आएको छ एक ४४ वर्षीय बेलायती पुरुषलाई ।

उनलाई यसरी ‘सेक्स अफर’ को ओइरो लाग्नुको कारण भने उनले भर्खरै प्रत्यारोपण गरेको कृत्रिम पुरुष जनेन्द्रिय (लिंग) हो । मोहम्मद अवद नामका ती व्यक्तिले आफूलाई ‘सेक्स अफर’को आइरो लागेको बताएका छन् । करिव चार दिन भित्रमै ५० बढी महिलाले म्यासेज गरेर यस्तो अफर गरेको उनले जानकारी दिएका छन् ।

मोहम्मदले केहीअघि मात्र कृत्रिम लिंग प्रत्यारोपण गरेका हुन् । चिकित्सकका अनुसार उनी अब बाबु पनि बन्न सक्छन् । दुर्घटनामा उनको एक अंडकोष बचेकाले कृत्रिम लिंग प्रत्यारोपणपछि उनी बाबु बन्न सक्ने चिकित्सकले आस गरेका हुन् । अहिले ४४ वर्षका पुगेका मोहम्मद ६ वर्षको उमेर हुँदा दुर्घटना परेर लिंगसहित एउटा अंडकोषसमेत गुमाउन पुगेका थिए ।

मोहम्मद भन्छन्, ‘ मलाई अनलाइनमा धेरै महिलाहरूले सेक्स अफर गरेका छन् । उनीहरूले मेरो कृत्रिम लिंगले बिनाकुनै समस्या लामो समय काम गर्ने भएकाले यस्तो अफर आएको हो’ उनले थपे ‘उनीहरूले मैले प्रत्यारोपण गरेको लिंगको वारेमा सुनेकाले अनुभव गर्न चाहेको बताउने गरेका छन् ।’

उनी घरवार गर्न चाहन्छन् । उनका परिवारले उनका लागि केटी हेर्ने काम गरिरहेको बताइएको छ । उनी भन्छन् ‘लिंगको माथिल्लो भागमा दुईवटा ट्युव जडान गरिएको छ र त्यस्को स्वीच अन गर्नासाथ लिंगमा पानी भरिएर आउँछ ।’

प्रकाशित : बुधबार, मङि्सर २२, २०७३१७:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो ठाउँ जहाँ बिवाह भन्दा अगाडी गरिन्छ बलात्कार  !