विश्व नम्बर धाविका नेपाली छोरी मिरा राईको वियोगान्त कथा र जितको लागि भोटको खाँचो !

mira-rai-3हेम चन्द्र राई – पुर्वी नेपालको भोजपुर जिल्ला सानो दुम्मा गाउँको एउटा बिकट वस्तिमा जन्मिएकी मिरा राईको बाल्यकाल सामान्य परिवारमा घाँस दाउरा वनपाखा गरेर बित्यो । एक दशक लामो जनयुद्धले मुलुकमा एउटा आधीभेरी सृजना गरिरहेका बेला मिरा राई पनि वर्गसंघर्षको आन्दोलनमा किशोर अवस्थामा नै लागिन । जनयुद्धको अन्तमा जनआन्दोलन हुँदै शान्तिपुर्ण राजनीतिमा तत्कालीन माओवादी र सात राजनीति दलमा बिस्तृत शान्ति सम्झौता भएर जनमुक्ति सेनालाई विभिन्न २८ वटा शिविरमा सयुक्त रास्ट्रसंघको शान्ति मिसन अन्मिनको रोहवरमा राखियो ।

मिरा राई पनि जनयुद्धमा जनमुक्ति सेनाको सिपाही भएर राजनीतिमा होमिएकीले पार्टीको निर्देशनमा दुई नम्बर डिभिजनमा रहिन । शान्ति सम्झौता अनुसार अन्मिनले माओवादी जनमुक्ति सेनाहरुको प्रमाणीकरण गर्‍यो । उक्त प्रमाणीकरण प्रक्रियामा अन्मिनले ४ हजार भन्दा धेरै जनमुक्ति सेनालाई अयोग्य ठहर्‍यायो जसमा मिरा राई पनि परिन । पाटीले त्यो अयोग्य तत्कालीन परिवेशमा अस्विकार गरे पनि अन्तमा बिस्तृत शान्ति सम्झौताको म्याण्डेट अनुसार अन्तमा उनीहरुलाई शिविरबाट निकालियो । राजनीति पृष्ठभुमि बोकेर आएको मिरा जिवनमा कल्पना नगरेको मनमा चोट बोकेर घर फर्किनु पर्यो । मनमा कयौं पिडा ,  व्यथा , उद्देलन , मिश्रित इच्छा चाहाना अपुरो सपना बोकेर संगैको साथीहरुसित बिदा भएर छुट्टिनुको पिडा जिवनमा एउटा गहिरो चोट अझैसम्म उनी माथि झल्झली रहेको छ ।

तत्कालीन समयमा उनले पिएलए स्पोर्ट्स क्लबबाट पाचौं राष्ट्रिय खेलकुदमा एथलेटिक्समा भाग लिएकी थिइन । जसबाट उनलाई जिवनमा केही गरेर देखाउने आफ्नो भित्री चाहना बिस्तारै समय संगै चुनौती र अवसर आयो । जसलाई उनले जीवनको एउटा कोणलाई नितान्त फरक ढङ्गले अहिले विश्व नम्बर दोस्रो वरियाताको अल्ट्रा धाविका भनेर उनलाई गाउँ घरले मात्रै होइन नेपाल , नेपाली , दुनियाँसामु नक्षेत्र झैं छर्लङ्ग छिन । सुरुवातीका धेरै वर्ष उनले सरकार बाट कतिपनी सहयोग पाइनन र आफ्नो पाटीले पनि अपहेलित तवरले सहयोग अपेक्षाकृत  हिसाबमा गरेनन र अन्य पाटीले त माओवादी जनसेना भनेर हेर्ने वा राम्रो सोचाइ पनि नराख्ने गरेको उनमा अनुभव छ । उनले लामो ५० किलोमीटर अल्ट्रा डौडमा कयौं पटक एक प्याकेट चाउचाउ र एक बोतल पानीको भरमा प्रतियोगितामा सहभागीता जनाएर सफलता हात पारेकी हुन ।

मिराले पहिलो पटक काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा भाग लिएकी थिइन् । उनको अन्तराष्ट्रिय यात्रा भने इटलीबाट सुरु भएको हो । गत सेप्टेम्वरमा उनले इटलीको एक प्रतियोगितामा भाग लिएकी थिइन् । हङकङ र फ्रान्समा जितेको अन्तराष्ट्रिय अल्ट्रा अवार्डले एक ‘अयोग्य छापामार’ लाई योग्य धाविकाको रुपमा चर्चाको शिखर चुम्ने अवसर मिल्यो । उनले पछिल्लो पटक फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दुरीको अल्ट्रा म्यारथन जितेकी थिइन् । हालसम्म उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा रनिङ प्रतियोगितामा भाग लिएर नेपाल र नेपाली खेलकुदमा एउटा एउटा अमुल्य योगदान दिएकी छिन । नेपालले आजसम्म पाएको ठुलो सफलता साफ गेममा मात्रै हो त्यो भन्दा ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसियाली खेल , ओलम्पिकमा नेपालको सहभागिता भए पनि पदक हासिल गर्न सकेको छैन तर त्यो अभावलाई एउटा संघर्षले विभिन्न घुम्ती मोडहरु भोकै , बिभित अभावको बिचमा अन्तर्राष्ट्रिय अल्ट्रा धाविका दोस्रो नमबरकी मिरा राई एउटा नेपाल नेपालीको लागि एथलेटिक्स खेलमा सर्वोउत्कृष्ट खेलाडी हुन ।

mira-raiअहिले विश्व विख्यात टेलिभिजन नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डका लागि विश्वभरका साहसी खेलमध्ये बाट १२ औं संस्करणको लागि १० जनाको अन्तिम मनोनयन सूची नेपालको तर्फबाट मिरा राईलाई ट्रायल रनरको रूपमा मनोनयन गरेको छ ।
यस विधामा मिरा राईसंगै दि होक्ल्युज टिम, सानोन स्विटजर स्वानसन, एन्टोनी गिरार्ड, असिमा श्रियैसी, कोलीन हाली, सिमिट ली , पिटर म्याक ब्राइड र कभिन फिर्डाको , र्किर्जिस्तोलोफ स्टरन्वास्की तथा क्रिस्टिाइन म्याकडिभिट तोम्कीन्स समेत गरि १० जनाको प्रतिस्पर्धा रहेको छ । विश्वभरबाट आउने भोटको आधारमा विजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ । भोटिङ नोभेम्बर ३ देखि सुरु भइ आगामी डिसेम्बर १६ सम्म दिन सकिनेछ । हाल पिपुल्स च्वाइसको पहिलो दिन देखी आठौं दिनसम्म मिरा राईले अग्रता लिएकी छिन तर आठौं दिनमा आएर उनको बलियो अर्को मनोनयन केभ डिभर क्र्यज्टोस्ज स्टारनवस्कीले आठौं दिनमा ५०० भोटले मिरा राईलाई पछि पार्यो । अहिले मिरा राईलाई जिताउनको लागि दैनिक सरदर ७ हजार भन्दा धेरै भोटको आवस्यकता दिनदिनै देखिएको छ । जुन मिराराई लाई अहिले ३ हजार देखी ५५ सयसम्म हुने गरेको छ जुन आम नेपाली सामाजिक संजालमा झुन्डिएको सङ्ख्या भन्दा धेरै न्युन भोट भएको मान्नसकिन्छ ।

नेपालीको भोटले प्रशान्त तामाङ इन्डियन आईडल बने , नेपालीको भोटले तेरिया मगर डिआईडी लिटिल मास्टर बनिन  , नेपालीको भोटले अनुराधा कोइराला ,चरीमाया तामाङ , पुस्पा बस्नेत सिएनएन हिरो बने ,
नेपालीको सहयोगले जीवन र जोया जो नेपाली बुहारीको मिलन अनि स्वदेशमा आउने व्यवस्था मिल्यो । यसरी नै आम नेपालीले कुनै राजनीतिक पुर्वाग्रह , जातपातको भेदभाव नराखी नेपालको छोरी मानेर भोट गर्ने हो भने अवस्य पनि मिरा राई नेसनल जिओग्राफिक एडभेन्चर अफ फि इयर २०१७ ( पिपुल्स च्वाईस अवार्ड ) जित्न असम्भव छैन । उनको जित नेपाल र सम्पुर्ण नेपालीको लागी समर्पण हो उनले धेरै नेपाल र नेपालीको लागि त्याग गरेकी छिन अब पालो तपाईं हाम्रो भोट गरेर अझै नेपाल र नेपालीको इज्जत , सम्मान , नेपालको बारेमा अन्तर्राष्ट्रिय समुदायमा पर्यटनको सम्भावना धेरै र उच्च रहनेछ ।

mira-rai1यसका लागि अनलाइन भोटिङ भने डिसेम्बर १६ बाट सुरु हुने बताइएको छ । यसकालागी अनलाइन प्रयोगकर्ताले आफुले मनपरेका खेलाडी वा टिमलाई दैनिक रुपमा www.nationalgeographic.com/adventure/adventurers-of-the-year.html गई भोट गर्न सक्ने छन्। अनलाइन भोटिङका आधारमा सन् २०१७ को जनावरीमा पिपुल्स च्वाइस अवार्डको विजेताको नाम घोषणा गरिने बताइएको छ ।
===========================

धाविका मिरा राईको संघर्ष र सफलता बारेमा बनेको फिल्म बिएएन फएफएफ वर्ल्ड टुर २०१७ मा छनोट

===========================
वीर , बहादुर , साहसिकहरुको मुलुक भनी  संसार माझ सन्देश प्रबाह गरिरहेकी मिरा राईको संघर्षपुर्ण जिवन कथा र सफलताको गाथा समेटिएको एक फिल्मले BANFF WORLD TOUR 2017 को निम्ती छनौट भएको छ । अब उक्त मिरा राईको फिल्म अर्जेन्टिना , अस्ट्रेलिया , अस्ट्रिया , बेल्जियम , बङ्गलादेश , ब्राजिल , चिली , चीन , कोलम्बिया , चेक रिपब्लिक , डेनमार्क , बुल्गेरिया ,  इक्वेडर , इङल्याण्ड , फिनल्यान्ड , फ्रान्स , जर्मन , आइसल्याण्ड , हङ्गेरी , भारत , लक्जम्वर्ग , आयरल्यान्ड , जापान , इटाली , लेबनन , मेक्सिको , नेदरल्यान्ड , न्युजिल्यान्ड , उत्तरी आयरल्यान्ड , नर्वे , पेरु , पोल्यान्ड , स्कटल्याण्ड , दक्षिण अफ्रिका , स्विडेन , स्पेन स्विटजरल्याण्ड , ताईवान युगाण्डा , भेनेजुयला , वेल्स लगायत ४० मुलुकमा ५०० स्थानमा सो फिल्म देखाउने छ । जसले गर्दा मिरा राई एउटा राष्ट्र मुलुकको लागि अहिले उनलाई भोट गरेर अझै नेशनल जियोग्राफीको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डमा जिताउन सकेको खण्डमा मुलुकको नाम , पर्यटनको लागि महत्त्वपूर्ण रहनेछ ।

===========================
मिरा राईले हालसम्म सहभागी बनेको प्रतियोगिताहरु
=======================

१, २३ मार्च २०१४ – हिमालयन आउटडोर फेस्टिभल ( ५० किलोमिटर ) -पहिलो
२, २१ अप्रिल २०१४ – मुस्ताङ ट्राईल रेस – पहिलो
३, १३ अगस्ट २०१४ – सेल्लारोन्डा ट्राइल रेस – ( ५७ किलोमिटर ) – पहिलो
४, २८ अगस्ट २०१४ – ट्राइल डेग्ली इरोइ ( ८३ किलोमिटर ) – पहिलो
५, ८ सेप्टेम्बर २०१४ – मनास्लु ट्राईल रेस – पहिलो
६, २६ सेप्टेम्बर २०१४ – एमएसआईजि हङकङ ( ५० किलोमीटर ) पहिलो
७, २८ नोभेम्बर २०१४ – कोथे – दोस्रो
८, ५ डिसेम्बर २०१४ – एमएसआईजी हङकङ भर्टिकल किलोमीटर – पहिलो
९, ७ डिसेम्बर २०१४ – एमएसआईजी लन्तउ हङकङ ५० सिरिज – दोस्रो
१०, ३ जनवरी २०१५ – दि नर्थ फेस काठमाडौ अल्ट्रा – पहिलो
११, १ फेब्रुअरी २०१५ – किङ अफ दि हिल – पहिलो
१२, ७ फेब्रुअरी २०१५ – एमएसआईजी हङकङ ५० साईकुङ एसिया स्काईर क्याम्प – पहिलो
१३, २१ मार्च २०१५ – हिमालयन आउटडोर फेस्टिभल ( ५० किलोमिटर ) पहिलो
१४, ११ अप्रिल २०१५ – बुफोलो स्टपेडे स्काइरनिङ ( ४२ किलोमीटर ) – तेस्रो
१५, २६ जुन २०१५ – माउन्ट ब्ल्यान्क ( ८० किलोमिटर ) – पहिलो ( नयाँ रेकर्ड )
१६, ४ सेप्टेम्बर २०१५ – बर्‍ओ स्काई नाइट – पहिलो
१७, १९ सेप्टेम्बर २०१५ – अल्ट्रा पेरिनिउ – दोस्रो

प्रकाशित : मङ्गलबार, कार्तिक ३०, २०७३१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी सरकारी ढुकुटीको दोहन कहिले सम्म ?