न देउसी भैलो भट्याउँछन् न मारुनी र सोरठी नाच्छन् तिहारको मौलिकता हरायो, अडियो रिपोर्ट

युव मगर /काठमाडौँ – सधै जसो देउसी भैलो भैलो खेलेर रमाइलो गर्दै घरघरमा भैलोको आर्सिवाद दिँदै हिड्ने म यस पटक भने रेडियो मै समाचार पढेर तिहार मनाउँदैछु भनौँ । पेसागत जिम्मेवारीले गर्दा घर जान पाइएन । राजधानीमा त्रियाशिल पत्रकार म कार्यलयमा आलोपालो बिदा पर्दा तिहारमा रेडियोमा बस्ने भाग मेरो प¥यो । अरुले उत्तम साइतमा दिदी बहिनीको हातको टिका लगाउँदा म रेडियोमा समाचार पढ्दैछु । सायद घरमा भएको भए तिहार भरी आमा दिदी बहिनीसँग बसेर टपरी खुटिन्थ्यो होला तोरन बाटेर दोबाटो कटाइन्थ्यो, बुकी लालपाती र दतिबन देखि पोस्कर र फूल उनेर तोरण बाँधिन्थ्यो गाई पुजिन्थ्यो अनि साँझ परेपछि सबै सँगी साथी भएर देउसी भैलो खेल्न गइन्थ्यो रमाइलो गरिन्थ्यो कति नाचिन्थ्यो गाइन्थ्यो मैले भैलो भट्याउँथे । तर यो वर्ष त्यो रमाइलो गर्ने अबसर पेसागत जिम्मेदारीले दिएन । पाइएन जीवनमा पहिलो पटक टिका हुँदा पनि निधार खाली भयो दिदीको हातको टिका लगाउन पाइएन । नरमाइलो लागिरहेको छ । पोहोर साल दशैँमा अरु टिका लगायन ब्यस्त भइरहँदा मैलो समाचार पढेँ अहिले तिहारमा त्यस्तै भो । मादल मजुरा डम्फू बासुरी चाँप साथमा हुनुपर्ने तिहारमा अहिले कम्प्युटर छ, टेलिफोन अगाडि छ रेकर्डर छ केही पत्रत्रपत्रिका छन् । तर निधार खाली छ ।
यसैबीचमा पनि सोमबार दिउँसो एकछिन समय निकालेर काठमाडौँको देउसी भैलोका सहभागि हुने अबसर पनि पाइयो । अलिकति समय निकालेर पहिलो पटक काठमाडौँको देउसी भैलोमा सहभागि भएँ । नेपाल मगर महिला संघ काठमाडौँ र मगर संघ धापासी काठमाडौँको संयुक्त भैलोमा सहभागि भएँ । भने केही अन्य भैलोहरु पनि अबलोकन गरे तर कतै पनि मौलिक भैलो पाइन । देउसी भैलोका स्वरहरु जता पनि गुञ्जिएका छन् । केटाकेटी देखि पाका पुस्ता, क्लव संघसंस्था सबै आआफ्नै ढङ्गले देउसी मनाइरहेका छन् । काठमाडौँ सहर पनि तिहार मनाउन झिलिमिलि बत्तिले झलमल्लै भएको छ । देउसी भैलो मौलिक सस्कृति भए पनि पछिल्लो समय मौलिकता हराउँदै गएको छ भने मनोरञ्जनमा सिमित हुदै गएको छ । देउसी भैलोमा आधुनिकता मिसिदै गएको छ । अत्याधुनिक बाजागाज र साउण्ड सिस्टम सहित जम्मा हुने देउसी भैलोमा कहिँ कतै पनि मौलिक संस्कृति झल्किने देउसी भैलो भट्याएको देख्न सुन्न पाइएन । हुन त फरक भुगोल, समुदाय र चलन चल्ती भएर पनि होला ।
पुस्तान्तरण हुन नसक्दा पाका पुस्ताले जाँगर गर्न छाडे भने नयाँ पुस्ता युुवाहरुले चासो नै दिन छाडे त्यसैले पनि देउसी र भैलोको मौलिकता हराउँदै मनोरञ्जनमा सिमीत बन्दै गएको छ । गाउँघरमा जस्तो देउसी भैलो भट्याएर बलिराजाको कथा दिदी भाईको कथा देखि लिएर भैलो मै घरबेटीलाई धनधान्य होस भनेर आशिष दिने मौलिक चलन हो तर बिस्तारै रसबै हराउँदै जानु चिन्ताको विषय हो ।त्यसैले मौलिकता हाम्रो पहिचान पनि हो यसको संरक्षणमा सरकार र सम्बन्धित निकाय सबैले चासो दिनु जरुरी छ । तिहारको तपाई सबैलाई शुभकामना, हजुरको इज्जत र मान सम्मान मैदानको दुबो झै, फैलिदै जाओस् सल्ला झै बाँस झै बढिमा जाओस्, धन र धान्य होइमा जाओस् लाखै बरी सह………

काठमाडौँको देउसी भैलोमा सहभागि भएपछि मैले तयार गरेको तिहार बिशेष रेडियो रिपोर्ट सुनौँ

प्रकाशित : मङ्गलबार, कार्तिक १६, २०७३०६:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालका यी ब्यक्ति जसलाई दह्रिलो मुठ्ठी पारेर सलाम गर्न मन लाग्छ !