लाेकमानलार्इ ”सेफ ल्यान्डिङ्ग” गराउने खेल, महाअभियाेग प्रस्ताव सिफारिस समितिमै गएन

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौं, ९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव सिफारिस समितिमै नपठाइ व्यवस्थापिका संसदको बैठक १५ दिनका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा प्रस्तावमाथि प्रारम्भिक छलफल भएपछि छटपछि बस्नेगरी बैठक दुर्इ साताका लागि स्थगित भएको हो । संसदको आगामी बैठक कात्तिक २५ गते दिउँसाे २ बजेका लागि बोलाइएको छ ।

यसरी अप्रत्यासितरुपमा संसद बैठक स्थगित हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । तिहारको सार्वजनिक विदा सुरु हुनसमेत ४ दिन बाँकी नै छ भने छट पर्व सकिएकाे चार दिन पछि मात्र बैठक डाकिएकाे छ । महाअभियाेगकाे प्रस्तावकाे प्रकृया ढिलाे गर्ने नियतले नै यसरी बैठक लामाे समयका लागि स्थगित भएकाे हुनसक्ने अाशंका गरिएकाे छ । जबकी प्रस्ताव सिफारिस समितिमा पठाएको भए यसबीचको अवधिमा समितिले आफ्नो काम गर्न पाउँथ्यो । तर त्यसाे गर्न दिइएन । बैठकमा सांसदहरु बोल्नेक्रम नसकिएको भन्दै प्रस्ताव सिफारिस समितिमा नपठाइएको संसद सचिवालय स्राेतले जनाएकाे छ । दुर्इदिनका लागि छलफलककाे समय छुट्याइएकाे बताइए पनि सार्वजनिक  बिदा हुनुपूर्व नै बैठक स्थगित भएकाे छ । अब २५ गतेपछि समितिमा पठाउँदा कम्तिमा एक साताको समय समितिलाई नै दिनुपर्ने हुनाले लाेकमान बिरूद्धकाे महाअभियाेग प्रकृया केही दिन लम्बिने देखिएकाे छ । २५ गते पनि बैठक बस्ने सम्भावना न्यून रहेकाे छ। साे दिन हरिबाेधनी एकादशी परेकाले सार्वजनिक बिदा परेकाे छ ।

 

प्रकाशित : बुधबार, कार्तिक १०, २०७३०२:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतको सल्लाहपछि मात्रै महाअभियोगबारे कांग्रेसले निर्णय लिने, सुझाव लिन १९ गते दिल्ली जाँदै देउवा