नेपाली राजनीतिमा पृथक शक्ति आवश्यक

नेपालको राजनीतिमा पृष्ठभूमिलाई  हेर्दा आजसम्म बिस्वभर भएका वा अपनाइएका प्राय सबै राजनितिक ब्यबस्थाको अभ्यास नेपाली राजनितिमा भै सक्यो। पृथ्बिनारायण शाहको नेपाल एकिकरण पछि सबै भन्दा धैरै समय सक्रिय राज तन्त्र ले शासन गर्यो।त्यसपछि राणाहरुको १०४ बर्षे शासन काल चल्यो,राणाहरुले सासन गर्दा अघोसित रुपमा प्रधानमन्त्रि सक्रिय हुने ब्यबस्था गरेका थिए । राणा शासनको अन्त्य पछि राजा सहितको प्रजातन्त्र स्थापना भयो। करिब दश बर्ष प्रजातान्त्रिक ब्यबस्था चलेपछि राजाले सम्पुर्ण अधिकार आफ्नो हातमा लिएर फेरि सक्रिय राज तन्त्रलाई अगाढि बढाए। करिब ३० बर्ष पन्चायति ब्यबस्था को नाममा सक्रिय राज तन्त्र फेरि चल्यो। त्यसपछि जनताको शान्ती पुर्ण अान्दोलन बाट प्रजातन्त्र को पुनर्बहालि भयो।पजातन्त्रको पुनर्बहालि  करिब १६ बर्ष सम्बैधानिक राज तन्त्र सहितको प्रजातन्त्र को रुपमा चल्यो र त्यसपछि गणतन्त्र स्थापना भयो।गणतन्त्र स्थापना भएको पनि १० बर्ष बितिसक्यो।
मैले माथि उल्लेख गरेको इतिहासले के देखाउछ भने नेपालमा ब्यबस्था परिबर्तन भएको भयै छ।तर जति ब्यबस्था परिबर्तन भएपनि देशको बिकास र समृध्दि मा खासै उल्लेख परिबर्तन भएको छैन । बरु रास्ट्रिय उत्पादन मा ह्रास आइरहेको छ,बेरोजगारि झन बढिरहेको छ।परनिर्भरता अझ बढिरहेको छ। बैदेशिक हस्तक्षेप झन तिब्र रुपले बढिरहेको छ। यसबाट के स्पस्ट हुन्छ भने ब्यबस्था परिबर्तन ले मात्र देश नबन्ने रहेछ। देश परिबर्तन हुन नेत्रित्व तहमा इमान्दारिता,पारदर्शिता,जबाफदहिता ,सेवा को भावना , स्पस्ट बैदेशिक निति अादिको साथै स्थायि सरकार हुने प्रणालि आबस्यक हुने रहेछ।अहिलेका स्थापित दलहरु यि सबै आबस्यक कुराहरु मा चुकेको कारण देशको अहिलेको अबस्था सिर्जना भएको कुरामा अब बिबाद गरिरहनु आबस्यक छैन।
यसो भनिरहदा र ठुला दल हरुको बिरोध गरिरहदा स्वभाबिक रुपले प्रश्न उठ्छ अब के गर्ने? के गर्दा स्थयित्व हुन्छ र देश बिकास र समृध्दि बाटोमा अघि बढ्छ भन्ने कुरा बुदागत रुपमा चर्चा गरौँ।

१. स्थायित्व:

नेपालको राजनितिक बिकास क्रमलाइ हेर्दा प्रजातन्त्र पुनर्बहालि पछि देखि गणतन्त्र स्थापना सम्मको २५ बर्षमा २२ पटक सरकार परिबर्तन भएको पाइन्छ ।यसको कारण के हो? किन यति धेरै सरकार परिबर्तन हुन्छ भन्ने तिर सम्बिधान बनाउने क्रममा थोरै बहस बाहेक गम्भिर छलफल कहिल्यै गरिएन।यस्तो महत्वपुर्ण र गम्भिर बिषयमा छलफल नहुनुको पछि राजनितिक दलका आ आफ्नै दलगत र ब्यक्तिगत फाइदाका कारण भयो।हिजो जे भएपनि अब देशलाइ स्थयित्व दिन दोस्रो सम्बिधान सभाको मस्यौदा निर्माणका बखत अधिकांस जनताले चाहे अनुरुप प्रत्यक्ष निर्बाचित कार्यकारि प्रमुख रास्ट्रपति वा प्रधानमन्त्रि हुने ब्यबस्था गर्न जरुरि भै सकेको छ ।

२.जबाफदहि नेतृत्व:

राजनितिक दलका नेताहरु चुनाब ताका अथवा अान्दोलन हुदाका बखत बिभिन्न आश्वसान र प्रतिबद्दता हरु ब्यक्त गर्ने गरेको पाइन्छ तर सत्तामा पुगिसके पछि ति सबै आश्वसान र प्रतिबद्दता भुलेको पाइन्छ अथवा आफ्नै ब्यक्तिगत र दलगत तुच्छ स्वार्थ र फाइदा को लागि काम गर्न थाल्छन।आफन्त ,आफ्ना गुटका आशेपासे र चुनाबमा आर्थिक सहयोग गरेका ब्यापारि हरुको लागि काम गर्न तल्लिन हुन्छन।ताकि अर्को चुनाबमा पैसाको बलमा चुनाब आफ्नो पक्षमा पार्न सकुँ।यस्तो गैर जिम्मेवार र गैर जबाफदहि नेतृत्वको साटो जिम्मेवार र जबाफदहि नेतृत्व आबस्यक छ ।

३.राजनितिक सस्कार:

राज्यको माथिल्लो निकाय देखि तल्लो निकाय सम्म नै राम्रो राजनिति सस्कार को बिकास हुन सकेको छैन ।क्षमता,इमान्दारिता ,सक्रियता ,मेहनत र निष्ठा को आधारमा जिम्मेवारी बाडफाड नगरेर गुट,उपगुट,नातागोता पैसाको आधारमा जिम्मेवारी दिने गरिन्छ।जुन राजनितिक सस्कार तल्लो तहसम्म बिकसित भएको छ।यस्ता गलत प्रबिर्ति हरुलाइ पन्छाइ अब आउने पृथक शक्तिले क्षमता,इमान्दारिता , बिषेसग्यँता आदिको आधारमा जिम्मेवारी बाडफाड गर्ने बाताबरण तयार गर्न सक्नु पर्दछ।
राज्यद्वारा छुट्याइएका बिकास बजेटमा पनि हालको बिद्यमान राजनितिक दलका स्थानिय नेता,कार्यकर्ता,टोले गुन्डा र भातृ सङ्गठन हरुलाइ बाँड्ने सस्कार लाइ तोड्दै स्थानिय क्षेत्र बिकासको लागि गएको बजेट को शत प्रतिसत रकम बिकास निर्माण मै खर्च हुने सस्कार को बिकास गर्न जरुरि छ।यस्तो सोच र ब्यबहार मै परिबर्तन गर्न सक्ने हिम्मतका साथ आउने पृथक शक्तिले मात्र २१औ शताब्दिका सचेत जनताको मन जित्न सक्ने देखिन्छ ।

४.पारदर्शिता:

हाल मौजुद ठुला दल हरु मध्ये कुनैपनि दलको आर्थिक गतिबिधि पारदर्सि हुन सकेको देखिदैन।जसले गर्दा अनियमितता र भ्रटचार मौलाउदै गैरहेको छ।सरुवा बढुवा लगायत बिभिन्न कम्पनिको सन्चालन स्विक्रिति दिदा समेत कमिसन को आधारमा गर्ने गरिएको छ।यस्ता काममा निश्चित प्रक्रियाको पारदर्सि ब्यबस्था गरि निश्चित सिस्टम भित्र रहेर हुने ब्यबस्था गरिनु पर्छ।जनताले बिस्वास गरेर निर्बाचित गरि पठाएका दलका नेताहरुले सार्बजनिक पद धारण गरिसकेपछि सम्बन्धित निकाय लाइ सम्पति बिबरण बुझाउनु पर्ने कानुनि प्रबधान छ तर अहिलेका नेतृत्व बर्गलाइ त्यस्तो कानुनि प्राबधानले छुदैन ।जसको कारण नेपाली जनता मा ब्यापक निराशा छाएको छ। नेता र समग्र राजनिति प्रति नै बितृस्णा जागिरहेको बर्तमान परिप्रेक्षमा अबको पृथक र नया शक्ति राजनितिक दलका सम्पुर्ण कृयाकलाप र आर्थिक गतिबिधि लाइ पारदर्सि बनाएर भ्रस्टचार चाहेर पनि हुन नसक्ने बाताबरण तयार गरि अगाढि आउन सक्नु पर्छ ।र जनताले पनि त्यस्तो दललाइ मात्र समर्थन गरेर जिम्मेवार नागरिकको परिचय दिन सक्नु पर्दछ।

५. राजनिति पेसा कि सेवा ?

राजनिति पेसा हैन सेवा हो ।राजनितिलाइ पेसाको रुपमा बुझ्दा र त्यहि अनुरुपको सस्कार बिकास हुदा आज देशको अबस्था दयनिय भएको छ।भन्नलाइ जे जे भनिएपनि बिगत देखिको इतिहास हेर्ने हो भने ठुला भनिएका सबै राजनितिक दलका नेता हरुको राजनितिका सुरुवाति बर्ष हरुमा आर्थिक हैसियत निकै दयनिय थियो ।राजनिति गरेकै कारण ति नेताहरु अहिले करोडौँ र अरबौको मालिक भएका छन।
अनुसन्धान गर्ने हो भने ति नेताहरुले बैधानिक रुपले पाउने  भत्ता र पारिश्रमिकले मात्र अहिलेको जस्तो आर्थिक हैसियत बनाउन सक्ने देखिदैन।आर्थिक सम्पन्नता हासिल गर्नको लागि ब्यापार ब्यबसाय,उत्पादन मुलक क्षेत्र ,उद्योग कल कारखाना आदिमा लगानि गरि त्यसैमा केन्द्रित हुन जरुरि हुन्छ तर हाम्रा नेता हरुमा यस्तो आर्थिक उपार्जन हुने कुनैपनि गतिबिधिमा सम्लग्न नभइ धनाढ्य भएका छन।यसबाट के प्रस्ट हुन्छ भने राजनिति लाइ सेवाको रुपमा ग्रहण गर्न स्थापित ठुला दलका नेताहरु तयार छैनन।त्यसैले अब आउने नयाँ वा पृथक सक्ति ले राजनिति लाइ सेवाको रुपमा ग्रहण गर्न सक्नु पर्दछ।
यि माथि उल्लेखित सबै बिसेषता सहितको राजनितिक दल जसले बिकास र समृध्दि को लागि विवेकसिल भएर निर्णय गर्न सकोस। त्यहि दल वा सक्ति अबको राजनितिको केन्द्रमा रहने निश्चित प्राय छ।
चेतनाथ निरौला
विवेकसिल नेपाली, जेध्दा , साउदि अरेबिया

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७३०५:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कश्मिर राज्यको विवाद र इतिहाँस, कश्मिरी जनताले नै भारत मन पराउदैनन्