हिन्दु परम्परा अनुसार मनाइने दशै मगरको मौलिक पर्व होइन

gyanendra-pun-magar
लेखक : ज्ञानेन्द्र पुन मगर

अनुसन्धान कर्ताहरुको अनुसन्धान प्रतिवेदन अनुसार दशैँ मगरहरुको प्रचिन पर्व थियो। आदिम, प्राचिनकाल देखि नै नेपालका आदिवासी मगरहरुले दशैँ पर्वलाइ मौलिक र परम्परागत ढंगले मनाउदै आएको थिए । मगरहरु प्राकृतिक पुजक नै हुन, मगर समुदाय रुख, ढुंगा, माटो र पानीको मुहानलाई पूजा गर्ने र त्यहि जल, जमिन र जंगलमा आश्रित रहेको समुदाय हो । प्राचिन पर्वको रुपमा रहेको दशैँमा मगरहरुले आफ्नो पितृहरुलाई पूजा गर्ने, कुलकुलानको पूजा गर्ने, मान्यजन र अग्रजहरुबाट सेतो टिका र पहेलो जमरा लगाइ आशिर्वाद लिदै आफ्नै मौलिक परम्परा मनाउने प्रचन रहेको पाइन्छ । हामी मगरहरु प्रकृति पूजक नै हौ, नेपालमा आज भन्दा २५५९ बर्ष पहिले गौतम बुद्धको जन्म र उहाको बुद्ध दर्शन प्रतिपादन पश्चात हामीहरु बौद्ध मार्गी बन्न पुगेउ।

नेपालमा धेरै बर्ष पछि (१२ औ सताब्दी तिर) आर्यहरुको प्रवेस भयो र उनीहरुसंगै हिन्दु धर्मको पनि प्रवेस भयो। क्रमश हिन्दुधर्मलाई सबैको बिचमा लोकप्रिय बनाउन यहाका मगरहरुले मान्दै आएको विभिन्न चाड, पर्व र परम्पराहरुलाई हिन्दुकरण गर्न कै लागि हिन्दुग्रन्थ बमोजीम हस्तक्षेपपूर्ण ढंगले ब्याख्या र विश्लेषण सहितको दस्तावेज बनाइयो र कालान्तरणमा गएर नेपालको तथाकथित एकीकरण पश्चात मगरहरुको प्रचित मौलिक पर्व दशैँलाई हिन्दुकारण सहितको ब्याख्या सहित राज्यको प्रमुख पर्व बनाई राष्ट्रियकरण गरियो। र अहिले हिन्दुहरुको प्रमुख चाड भन्ने सबैमा प्रभाव पारियो । किन कि नेपालको तथाकथित एकीकरण पश्चात अहिलेसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राज्यको सबै चावी आर्यहरु कै कब्जा मा नै छ उनीहरु जे चाहन्छन सोहि अनुसार राज्य सरकारको नीति नियम बनाइन्छ र भैरहेको छ।

त्यसकारण तथ्य अनुसार दशैँ मगरहरुको प्राचिन मौलिक पर्व (चाड) नै हो अहिले दशैँको खास मौलिकतालाई तोडमोड गरेर आर्यले अर्को समुदाय प्रति बिजय प्राप्त गरेको खुशियालीमा यो पर्व मनाउने भनेर पुरै हिन्दुकारण गरे गलत ब्याख्या चलाइयो । अहिले हामी सबैलाई दशैँ हिन्दुहरुको पर्व हो भन्ने प्रभाव परेको छ। मगर पुजारी बिना विभिन्न शक्तिपिठहरुको दशैँ पूजा रोकिन्छ। १२ मगरात क्षेत्र र १८ मगरात क्षेत्रको अधिक कोत वा दशैँको पूजा-आज्ञा गर्ने स्थानहरुमा मगर नै प्रमुख व्यक्तिको रुपमा भूमिका खेल्दै आइरहेको आहिले सम्म प्रचलन छ। सामान्य उदहारणका लागि स्यांग्जाको आलाम्देबी कोतमा, गोरखाको मनकामनामा, तनहुको भिरकोटमा, गुल्मीको मुशिकोट, खर्गकोट, इस्माकोट लगायतको स्थानमा मगरनै प्रमुख छन्। यस तथ्यबाट पनि के बुझ्न सकिन्छ भने दशैँ मगरहरुको प्राचिन पर्व हो हिन्दुको होइन भनेर।

मगरहरुले हिन्दुहरुको चाड-पर्व मान्ने पर्छ भन्ने हुदैन तर मगरको पर्व दशैलाई अपहरण गरेर हिन्दुहरुबाट हिन्दुकरण गरियो यो तीतो सत्य नै हो ।

(लेखक नेपाल मगर संघ केन्द्रिय समितिका महासचिव हुन् )

प्रकाशित : आइतबार, असोज १६, २०७३०४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दसैं मगरको मौलिक पर्व हुँदै होइन : एमएस थापा मगर