पाकिस्तान र भारतबीच भिडन्त दुई पाकिस्तानी सैनिक सहित ४० भन्दा बढीको मृत्यु भएको असंका

[sharethis-inline-buttons]
Leaderboard Banner

pakistan_apकाठमाडौं, १४ असोज – भारत साशित कश्मिरको उरिमा असोज २ गते आइतबार भएको आतंकी हमलापछि भारत र पाकिस्तानबीच तनाबको स्थिति सिर्जना भएको थियो, अब यस घटनाले भिडन्तको वातावरण पैदा गरेको छ ।  भारतले ‘सर्जिकल स्ट्राइक’मार्फत दुई पाकिस्तानी सैनिकसहित ४० जना मारेको बताइरहेका बेला विहीबार एक भारतीय सैनिक पाकिस्तानी सेनाको फन्दामा परेका छन् ।

जम्मु–कश्मिरस्थित लाइन अफ कन्ट्रोलबाट छिरेर पाकिस्तानी भूमिमा छिरेका ती भारतीय सैनिकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ ।

आफ्ना सैनिकलाई पाकिस्तानी सेनाले पक्राउ गरेको खबरको भारतीय पक्षले पनि स्वीकार गरेको छ । भारतीय पक्षले आफ्नो ३६ राइफलका एक जवान हतियारसहित एलओसीबाट पाकिस्तानी भूमिमा गएको अवस्थामा पक्राउ परेको जनाएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानका पक्राउ परेका भारतीय सैनिकको नाम चन्दु बाबुलाल चौहान हो । २२ वर्षीय उनलाई पाकिस्तानी सेनाले अज्ञात स्थानमा लगेको छ ।

यता पाकिस्तानले छुट्टाछुट्टै मुडभेडमा १४ भारतीय सैनिक मारिएको दाबी गरेको छ ।

पाकिस्तानी पत्रिका डनका अनुसार एलओसीमा बिहीवार भएको क्रस बोर्डर फायरिङका क्रममा तत्तापानी क्षेत्रमा आठजना भारतीय सैनिक मारिएका छन् । त्यसैगरी तत्तापानी भन्दा उत्तरको अर्को क्षेत्रमा भएको गोलबारीका क्रममा थप ६ जना भारतीय सैनिक मारिएको पाकिस्तानी पक्षको दाबी छ ।

पाकिस्तानका रक्षा विशेषज्ञ पूर्व मेजर जनरल एजाज अवाजले एलओसीका दुई क्षेत्रमा १४ जना भारतीय सैनिक मारिएको दाबी गरेका छन् ।

तर भारतले यो दाबीलाई झुटो भनेको छ । भारतीय पक्षले आफ्ना एक जना सैनिक पाकिस्तानमा पक्राउ परेको तर, १४ जना सैनिक मारिएको खबर सत्य नभएको बताएको छ ।

प्रकाशित : शुक्रबार, असोज १४, २०७३१०:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पाकिस्तानमा कैद भएका भारतीय सैनिकलाई छुटाउन यस्तो प्रयास