ज्योतिष शास्त्र: कुन अक्षरबाट नाम सुरु भएका व्यक्तिको बिशेषता र चरित्र कस्तो हुन्छ? जान्नुहोस्

हरेक मानिसलाई आफनो नाम सर्वाधिक प्यारो लाग्छ । आफनो नाम अमर र उच्च राख्नका लागि श्रृष्टि कालदेखि नै मानिसले अनेकौं चुनौतीपूर्ण कार्य गर्दै आएको छ । ज्योतिष बिज्ञानले मानिसको नामबाट मनोबिज्ञान पढ्ने पद्धतिको बिकास गरेको छ। अर्थात तपाईको नाम कुन अक्षरबाट उठेको छ त्यो हेरेर आफ्नो चरित्र आफै छुट्याउन सक्नुहुन्छ ।

कु ध छ : पापात्मासंग संगत नगर्ने, क्रोधी, शेखी गर्ने, ब्यभिचारी, नाशवान, धन उडाउने, चञ्चल प्रकृति, बलवान, सार्वजनिक काममा शक्ति खर्चने ।
के को ह ही : सुखी, सुशील, सन्तोषी, राजभक्त, तान्त्रिक बिचार भएको , परम्परावादी, प्राय रोगी, धेरै पानी पिउने, धार्मिक, स्वार्थी, मातृभक्त, पितृसेवक, परदेशबाट धम कमाउने ।
खी खु खे खो : परोपकारी, सद्बिबेकी, भाषण शक्ति भएको, उदार लेखन, शक्तिलेयुक्त, लोकप्रिय, बिद्धतापूर्ण, धनी उच्च पदमा रहने, क्रोधी, रिसाहा, घमण्डी ।
गा गी गु गे : धनवान, संगीतप्रेमी, ठूलो परिवारको, प्रशिद्ध, उदार, रति , पिपासु, पत्नीद्धारा बिरोध, लोभी ।
 गो सा सि सु : सत्यभाषी, साहसी, शान्त स्वभाव, अबिबेकी, निर्दयी, कठोर, कामुक, घमण्डी, कर्तब्यनिष्ठ, मेहेनती, इश्र्यालु ।
 चु चे चो ला : यी अक्षरबाट नाम भएकाहरु राजकाजी, तेजश्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान, चतुर, धनी, पशुबिशेषज्ञ , ब्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा पाउने, चरित्रवान र केही हदसम्म रिसाहा हुन्छन् ।
लि लु ले लो : ईश्वरभक्त, स्वार्थी, चतुर, सत्यबादी, बिजय गर्ने, निरोगी, भाग्यवादी, धनी, धेरै स्वाद रुचाउने, प्रयाशी, धेरै बिचार गर्ने, अस्थीर बुद्धि
अ इ उ ए : पाप धर्मको वास्ता नगर्ने, तेजश्वी, अधिक खाने, थोरै बोल्ने, आशाबादी, असल ब्यक्तित्व, क्रोधी, मुद्दा मामिला परिरहने,कामुक
अन्य अक्षरबाट नाम सुरु हुने तपाइको  चरित्र बारे जान्न NEXT स्लाइड थिच्नुहोस्  
प्रकाशित : सोमबार, असोज १०, २०७३१०:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुत्ने बेला सिरानी मुनि राख्नुहोस् यी ६ कुरा, जसले तपाईको दिन राम्रो हुनेछ