पाकिस्तानद्वारा भारतमा परमाणु बम हान्ने धम्की

[sharethis-inline-buttons]
Leaderboard Banner
khawaja-asif
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ

काठमाडौं, ३ असोज – पाकिस्तानले भारतलाई परमाणु बम समेत हान्ने सक्ने चेतावनी दिएको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शनिबार एक अन्तवार्ता दिंदै भनेका छन् – यदि भारतले आफ्नो देश पाकिस्तानलाई नोक्सान हुने कुनै कोशिस गरेको खण्डमा परमाणु बम हान्ने योजना बनाएको बताएका हुन् ।

‘यदि हाम्रो राष्ट्रलाई खतरा भयो वा हाम्रो जमिनमा अप्रिय कदम उठाए हामीहरुपनि हतियार प्रयोग गर्नबाट पछि हट्दैनौं’ उनले भनेका छन्  ।

रक्षामन्त्री आसिफले कश्मिरको समस्या वार्ता सम्वादबाटै सामाधान हुनसक्ने र कश्मिर बिनाको कुराकानीमा मतलब पनि नरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : सोमबार, असोज ०३, २०७३१०:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उत्तर कोरियाद्वारा नयाँ रकेट मेसिनको परीक्षण