विश्वमा नै चर्चित नेपाली हिमालयन टाइगर कतारमा

[sharethis-inline-buttons]
Leaderboard Banner

कतार, २८ वैशाख । विश्वमा नै चर्चित रहेको रेस्लिङ खेललाई अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउन हिमालयन टाइगरका नामले चिनिने भरतबहादुर विसुराल यतिखेर कतारमा रहेका छन् ।

नेपाल सरकारको पर्यटन बोर्डबाट पर्यटन सद्भावनादूतसमेत रहेका टाइगरले भूकम्पपछि नेपालको पर्यटकीय क्षेत्रमा परेको प्रभावलाई सकारात्मक सन्देश दिँदै विदेशीलाई नेपाल घुम्नका निम्ति आह्वानसमेत गरेका छन् ।

धरहरा बनाउने अभियानमा संसारभर रहेका नेपालीको लगानीमा निर्माण गर्न सबैलाई आग्रह गर्दै नेपाली रेस्लिङ खेलाडी संलग्न रहने गरी कतारमा पनि रेस्लिङ खेल खेल्न सकिने सम्भाव्यता अध्ययनका लागि आफू कतार आएको विसुरालले बताउनुभयो ।

नेपाली राजदूतावास, एनआरएनए प्रतिनिधि, व्यवसायी, समाजसेवी, बुद्धिजीवी तथा पत्रकारबीच भेटघाटमा व्यस्त रहनुभएको छ ।

कतारसहित हालसम्म विश्वका ४४ भन्दा बढी मुलुक भ्रमण गरी आफ्नो खेल प्रस्तुत गरिसक्नुभएका विसुरालले लमजुङ सेवा समाज कतारको आयोजनामा यहाँ रहेका विभिन्न सङ्घसंस्थासँगको अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनुहुन्थ्यो । रासस

प्रकाशित : मङ्गलबार, बैशाख २८, २०७३१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एन्फालाई अध्यक्षको नयाँ निर्वाचन गर्न फिफाको निर्देशन