हल्लै हल्लामा अप्रिल फुल, काहाँबाट आयो यस्तो फुल

अंग्रेजी पात्रोअनुसार अप्रिल एक तारिखका दिन यो पर्व मनाउने गरिन्छ, नेपालमा यसलाई ढाट्ने दिन भनेर पनि चिनिन्छ, कुनै बेला बि.बि.सी. जस्तो अनतर्राष्ट्रिय संस्थाले पनि अप्रिल फुल मनाएको थियो, सन् १९५७ अप्रिल १ कै दिन स्विजरल्यान्डमा स्पागेटी नामक पास्ताको खेती हुदैछ, भनेर रिपोेर्ट प्रस्तुत गरेको थियो, बिबिसी यो यस्तो समाचार प्रशारण मा ल्याएपछि बिश्वभरवाट यसको बिउको माग आउन थाल्यो, बिभिन्न पत्राचार तथा टेलिफोनहरु ऋाउने क्रम जारी रह्यो केही समयमै बिबिसीले अप्रिल फुल मनाएको संदेश दियो, सबै हैरान भए । स्पागेटी नामको कुनै फलफुल तथा तरकारी नै हुदैन रहेछ । यो त मैदावाट बनाईने एक सामान्य परिकार मात्र रहेछ ।
सम्भवत : यस्तो संस्थाले अप्रिल फुल मनाएर दुःख दिएको यो पहिलो घटना हुन सक्छ । तर संसारले यस दिनको सिको गर्दै मनाउने चलन रहेकाले यस बिरुद्ध कसैले बोल्न मिल्ने ठांउ भने कतै पनि थिएन ।
हल्लैहल्ला का पछाडी दौडिएको यो दिनको सुरुवात कहाँबाट कसले सुरु गर्यो भन्ने बिषयमा मानिसहरुका अलग अलग तर्कहरु आउने गर्दछन् । परम्परालाई डोर्याउने नाममा यसरी गलत सुचना प्रबाह गरेर यसरी दुःख दिनु भने पक्कै पनि राम्रो काम चाहि होइन होला ।
नेपालमा पनि यो दिन लाई मुर्ख दिवसका रुपमा मनाउने गरिन्छ तर यस्तो चलन कस्ले सुरुवात गर्यो, किन गर्यो भन्ने बिषयमा भने सबै अनबिज्ञ नै रहेका हुन्छन् । कतिपय अवस्थामा झुट बोल्नु दुर्घटनाको बाटो निमत्याउन पनि सक्छ । सधै झुट बोल्नेहरुका लागि सधै अप्रिल फुल र कहिल्यै झुट नबोल्ने हरुका लागि यो दिन झुट बोलेमा पाप लाग्दैन भन्छन् बुढापाका पनि, आखिर एक झुठले मानिसको जिन्दगीनै दाउमा पर्ने संभावना भयो भने पनि पाप लाग्दैन होला र ?
कुरा यहाँ पाप र पुण्य को पनि होईन, झुठ बोल्ने दिन भन्दैमा बिनासित्ती झुठ बोलेर दुःख दिनुपर्छ भन्ने पनि कतै लेखिएको हुदैन तर कतिपय अवस्थामा कसैलाई बचाउन र कसैको उद्धार का निम्ती बोलिएको झुठ पनि अमृत समान हुन पुग्छ । अत्यावश्यक सेवामा रहेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा दमकल यसको चपेटामा परेका हुन्छन् कतिपय अवस्थामा एउटाले मुर्ख बनाईसकेपछी अर्को बास्तवीक पिडीतले न्याय पाउन गाह्रो पर्न सक्छ । त्यसैले सक्छौं भने कहिल्यै कसैसंग झुठ नबोलौँ, यदि तपाई आफु कसैको झुठको पर्खालमा हराउनु भयो भने तपाईको मन दुख्न सक्छ टुट्न सक्छ, पिडा सबैको उस्तै हो दुखाई सबैलाई बराबरी नै लाग्छ, त्यसैले आफुजस्तै अरु लाई पनि पिडा हुन्छ भन्ने भावना लाई आत्मसात गरेर मानवताको धर्म अभिवादन गरौँ ।

प्रकाशित : शुक्रबार, चैत १९, २०७२१२:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनौठा पानीट्याङकी सजाउने कस्तो सौख (तस्वीर सहीत)